उदयपुर/उदयपुरको घुर्मीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कटारी नगरापलिका–१४ घुर्मीमा मानसिक सन्तुलन गुमेका एक युवाको ट्रकको ठक्करबाट मृत्यु भएको हो । ओखलढुङ्गाबाट काठमाडौंतर्फ जादै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकले मानसिक सन्तुलन गुमेका अन्दाजी ४५ वर्षीय युवालाई ठक्कर दिएको थियो । गम्भीर घाइते युवाको उपचारको लागि काठमाडौं लाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीेले जनाएको छ । उनको पहिचानसमेत नखुलेको जनाइएको छ ।

मृतक युवाको शव पोष्टमार्टमको लागि कटारी अस्पताल उदयपुर ल्याइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । भने उक्त ट्रक र चालक भने प्रहरीको नियन्त्रणमा रहेको छ ।