तेह्रथुम । फेदाप गाउपालिका २ ओयाक्जुङका खड्क बहादुर जोगी बचाउ अभियानमा अहिले सम्म ३५ लाख रुपैया संकलन भएको छ ।
बैदेशिक रोजगारीमा पाँच वर्ष अगाडी दुबाई गएका जोगीले साथीलाई बचाउन खोज्दा हत्याको अभियोग लागे पछि दुवईको जेलमा छन् । जेलमा रहेका जोगीलाई फागुन मसान्त सम्ममा ६२ लाख ब्लडमनी संकलन गरि बुझाउनु पर्ने छ । सोही रकम नबुझाए उनलाई मृत्यु दण्ड दिईने दुवईको अदालतले फैसला गरेको बताईन्छ ।
अहिले सम्ममा म्याङलुङमा ४ लाख ८ हजार ६ सय ६० रुपैया संकलन भएको अभियान्ता छत्र प्रसाद रमालले जानकारी दिए । जिल्लाका मुख्य बजारहरु बसन्तपुर, लशुने, छथरको सुक्रबारे, फेदापको पोक्लाबाङ बजार र आठराईको सक्रान्ती बजारमा समेत आर्थिक सहयोग रकम संकलन गरिएको छ । यस्तै अभियानको क्रममा अहिले देश बिदेशमा समेत सहयोग रकम संकलन भैरहेको अभियान्ता रिमालले बताए । जोगी बचाउन अभियान सुरु भए यता तेह्रथुम, धनकुटा, सुनसरी, मलेशियामा र कोरियामा रकम संकलन समिति गठन भएको छ । अहिले बिभिन्न क्षेत्रमा रकम संकलन अभियान सञ्चानल भई रहेको अभियान्ताहरुले बताएका छन् । जोगीलाई बचाउन सहयोग गरिदिन रकम संकलन अभियानका अभियान्ता रिमालले सवैलाई अनुरोध गरेका छन् ।