धरान / इटहरी उपमहानगरपालिका १० स्थित लक्ष्मी फर्म एण्ड लुम म्याट उद्योगमा मंगलबार विहान आगलागी भएको छ । उद्योगको मुख्य गोदामबाट आगो लागेको थियो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । नेपाली सेना, शसस्त्र प्रहरी , दंगा प्रहरी जनपथ प्रहरी र स्थानीयवासीले प्रयासमा आगलागि नियन्त्रणमा आएको हो इप्रका इटहरकिा डिएसपी शिव श्रेष्ठले जानकारी दिए । ४ घण्टाको प्रयार पछि विहान १०ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको उनले बताए ।
भानु टेब्रीवालले संचालन गरेको उक्त फर्म फ्याक्ट्रीमा बिहान ४ बजे सम्म ६ जना मजदुर काम गरिरहेको भए पनि आगलागीको समयमा भने कोहि नरहेको बताइएको छ । आगलागीबाट मानवीय क्षेती नभए पनि उद्योगमा आवश्यक कच्चा पदार्थ, मेसिनहरुलगायत जलेर नष्ट हुदा करोडौको क्षति भएको प्रहरीले जनाएको छ । उद्योग संचालक घर बाहिर रहेकाले क्षतिको एकिन विवरण आईनसकेको डिएसपी श्रेष्ठले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले अनुन गरेको छ ।