धनुषा । धनुषामा गए राती जंगली हात्तीको अक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गणेशमानचारनाथ नगरपालिका वडा नं. ५ का अन्दाजी ५० वर्षीय मन कुमारी भुजेलकी हात्तीको अक्रमणबाट मृत्यू भएको परिवारजनले बताएका छन् । आफनै घरमा सुतिरहेका अबस्थामा आईतबार विहान ३ बजेको समयमा जंगलीहात्तीले आक्रमण गरी मारेको र सोही गाँउका ४ वटा घर समेत तोरफोर गरेको स्थानिय सुन्दर सदायले बताएको छ । राती आएको हात्तीको आक्रमणबाट त्यही गाँउका सुन्तली विक, कृति बहादुर आलेमगर, पुलबहादुर आलेमगर र हरि उपाध्याको घर समेत तोडफोड गरेको ईलाका प्रहरी कार्यालय प्रोताहाले जनाएको छ । साथै मृतक भुलेको शब पोस्टमाडमको लागी जनकपुर अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
धनुषामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, चारघर भत्कायो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































