उदयपुर । उदयपुरको पूर्वी नगरपालिकामा विद्युत सर्ट भई एक घर जलेर नष्ट भएको छ ।

बेलका नगरपालिका–९ रामपुर बजारमा विद्युत सर्ट भई आइतबार बिहान ८ः५० बजे भीमबहादुर विकको घर जलेको हो । आगलागीमा उनको दुई तले काठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स्थानीयबासी, नेपाल प्रहरी र बेल्टार नगरपालिकाका दमकलको सहायतामा एक घण्टापछि आगो निन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घर जले पनि मानवीय तथा पशु चौपायामा भने क्षति नपुगेको प्रहरीले जनाएको छ । विकको घर जल्न थालेपछि नजिकै टासिएको अर्को घर भने भत्काएपछि सुरक्षित रहेको प्रहरीले बताएको छ ।