धरान/ गोरखा बचत तथा ऋण सहकारी संस्था धरानले गरेको २ दिने ऋण लगानी तथा असुली सम्बन्धी प्रशिक्षण कार्यक्रम आज शुक्रबार सम्पन्न हुदैछ । धरानको गोरखा कम्प्रलेक्स्मा भइरहेको उक्त कार्यक्रममा नेफ्स्कून केन्द्रिय कार्यसमितीका कोषाध्यक्ष केशवप्रसाद पोख्रलले सहजीकरण गरिरहेका छन् ।
गोरखा बचत तथा ऋण सहकारीका सञ्चालक,कर्मचारी,शेयर सदस्य तथा बचतकर्तालाई ऋण लगानी तथा असुली सम्बन्धी प्राविधिक ज्ञान र कागज पत्रबारे जानकारी दिने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मानबहादुर राईले बताए।
साथै सहकारीको मुल्य,मान्यता र सिद्दान्तको विषयमा समेत छलफल गरिने अध्यक्ष रार्इले बताए । प्रशिक्षण कार्यक्रममा ३५ जनाको सहभागि रहेको थियो भने महिला पुरुषको संख्या बराबरी छ ।