सिरहा/ जिल्ला सिरहाका उखु किसानले सरकारले निर्धारण गरेको अनुदान रकम उखु उत्पादन गरेबापतको बाँकी रकम भुक्तानी पाउन सकेका छैन । सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३१ रुपैया निर्धारण गरे पनि उखु किसानलाई उद्योगले प्रतिक्विन्टल रु ४६५ रुपैयाका दरले मात्र रकम दिँदै आएको छ ।

सिरहाको चन्द्रअयोध्यापुर स्थित रहेको हिमालय सुगर मिल्स लिमिटेडले किसानले पाँउने सहुलियत रकम ६ करोड हाल सम्म किसानले पाँउन सकेका छैन ।

हिमालयन सुगर मिल्समा मोरङ्ग, सुनसरी,सप्तरी ,सिरहा,धनुषा, सर्लाही जिल्लाका ५ हजार ६ सय ८१ किसानहरुले १०२१०६७.८४ मेटूीक टन उखु उत्पादन गरेको मध्ये ७९ जना भारतीय किसानहरु रहेको सुगर मिल्सका उखु प्रबन्धक अबध किशोर यादबले बताए ।

यादबका अनुसार हामीले किसानलाई दिनु पर्ने रकम प्रति क्विन्टल ४६६ रुपैयाका दरले दिपावली अगाडी नै बैंक खात्ता मार्फत भुक्तानी गरि सकेको बताए ।

यता नेपाल सरकारले अनुदान स्वरुप प्रतिक्विन्टल ६५.२८ पाउने रकम हाल सम्म किसानहरु नपाएको उखु किसान नरहा गाँउपालिका वडा नं. ३ खोरिया वस्ने ईसलाम मियाले बताए । ईसलामका अनुसार हामी १० बिघा जति ठेक्का तथा बटैयामा लिई उखु खेती गर्ने गरेको बताए तर सरकारबाट अनुदान स्वरुप प्रतिक्विन्टल ६५रुपैया पाउने रकम हाल सम्म नपाउदाँ धेरै समस्या भएको बताए ।

अनुदान रकम किन भएन निकासा
उक्त रकम निकासाको लागी सम्वन्धित सुगर मिल्सलाई उत्पादन गरेको कृषकहरुको जग्गा धनि लालपूर्जा उपलब्ध गराई सो को विवरण समितिमा पेश गर्नु पर्ने प्रर्बद्धान रहको तर हाल सम्म हिमालयन सुगर मिल्सले उक्त प्रमाण तथा विवरण उपलब्ध नगराएकोले किसानले पाँउने अनुदान रकम ६ करोड निकासा नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले बताए ।