विराटनगर/ मोरङको जहदा गाउँपालिका –१ स्थत आर्थिक अवस्था नाजुक भएको एक परिवारको घर निमार्ण गर्न जनप्रतिनिधीदेखि संचारकर्मीहरूले श्रमदान गरेका छन् । पानी पर्दा चुने र जाडोमा चिसो हावा छिरेर सानो छाप्रोमा कष्टकर जीवन यापन गर्दै आएकीे काजल मुखीयाको घर निमार्ण गर्न जीवन विकास समाजले सहयोग गरेपछि एक दिन श्रमदान गरेका हुन् ।

बिहीबार अन्तराष्ट्रिय स्यमसेवक दिवसको अवसर पारेरे मुखीया परिवारको घर निमार्ण गर्न जनप्रतिनिधी, जीवन समाजको पदाधिकारी, ह्याबीटेन्ड नेपालका पदाधिकारी, विराटनगरबाट गएका एक दर्जन पत्रकारसहितले श्रमदान गरेका थए ।
२ लाख ५० हजार लागत निमार्ण कार्य सुरु भएको घर ८ धुर जमिनमा निमार्ण गरिएको हो । चार जनाको परिवार रहेको मुखिया परिवार सानो छाप्रोमा बसोबास गर्दै आएका थिए । उनीहरू बसोबास गर्दै आएको छाप्रोमा पानी पर्दा चुहुने र जाँडोमा चिसो हावा छिरेर कष्टकर जीवन यापन गर्दै आएका थिए ।

उनीहरूको दुःख देखर जीवन विकास समाजले घर बनाउन सुरु गरेको अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । निमार्ण कार्य धमाधम भएकोले अबको एक साता भित्रमा घर तयार भएर मुखिया परिवारलाई हस्तान्तरण गर्ने तयारी गरेको उनले बताए ।
तीन वटा कोठा भएको घर बनाउन लागेको हो । काजलकी आमाको मृत्यु भएको वर्षौ भएको छ । बुवा लापत्ता छन् ।

उनीहरू मामली घरमा छेउँमा सानो छाप्रोमा बस्दै आएका थिए । काजलपछिको तीन जना बहिनीहरू छन् । निमाण कार्य भइरहेको घरमा स्वयमसेवक दिवसको अवसरमा प्रदेश संसद जयराम यादव, कटहरी गपा वडा नम्बर २ का वडा अध्यक्ष किशोर पाण्डे, जीवन विकास समाजको अध्यक्ष योगेन्द्र मण्डल तथा विराटनगरबाट गएका संचारकर्मीहरूले श्रमदान गरे थिए । उनीहरूसहित करिब ५० जनाले एक दिन श्रमदान गरेका थिए ।