विराटनगर /नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल बैङ्क लिमिटेड प्रदेश–१ को अध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् ।

विराटनगरमा आइतबार भएको एक भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा शुष्मा पुन, सचिव एलेम्स श्रेष्ठ, सहसचिव पर्शुराम खड्का, कोषाध्यक्ष देवेन्द्रकुमार र सहकोषाध्यक्षमा किरण घिमिरे छन् ।

त्यस्तै समितिका अन्य सदस्यमा मोहनप्रसाद बञ्जरा, प्रमोद राजवंशी, सचिन नेपाल, विजय रजत, सन्तोष सुब्बा, देवनारायण देव, सुशील राई छन् ।