वराहक्षेत्र/ २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा वराहक्षेत्रमा प्रभातफेरि गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितताका लागि ‘मलाई गणना गर, समावेश गर’ भन्ने नारासहित प्रभातफेरि निकालिएको नगर प्रमुख निलम खनालले जानकारी दिए ।
वराहक्षेत्र नगरपालिकाको आयोजना र डीपीओ वराहक्षेत्र साथै करुणा फाउण्डेशनको सहयोगमा आयोजित प्रभातफेरिले वराहक्षेत्र नगर परिक्रमा गरेको थियो । प्रभातफेरि पश्चात् नगरपालिकास्थित सभाहलमा आयोजित कार्यक्रममा अपाङ्गताको भएकाहरूको क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अपाङ्गता भएकाको विषयमा सशक्तीकरण अभिमुखीकरणलगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
































