बेलबारी/मोरङको बेलबारी नगरपालिकाको आयोजना तथा सिविआरको प्राविधिक सहयोगमा अपाङ्गता भएकाहरुलाई ह्वील चीयर तथा ट्राई साईकल मंगलबार वितरण गरिएको छ ।
बेलबारी नगरपालिकाका ५९ जना शारीरिक अपाङ्गता भएकाहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चीयर तथा ट्राई साईकल वितरण गरेका थिए ।
राष्ट्रिय अपाङ्गता पुनस्थापना समाज काठमाण्डौको सहयोगमा संचालन भएको दुई दिने कार्यक्रममा १० वटा ह्वील चीयर , ३ वटा ट्राई साईकल, १ वटा लोकल ट्राई साईकल, ५ वटा वाकर र विशेष कुर्सी , कृतिम खुट्टा, लठ्ठी लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।
कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरुको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
































