पथरी/ मोरङको पथरीशनिश्चरे नगरमा रहेको सिरिजंगा स्मृती धार्मिक वन समिति र याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेले लिम्बु जातिको महान पर्व चासोक तङ्नाम उधौली पूजा भव्यरुपले मनाउने भएको छ ।

वन समिति र चुम्लुङले शनिबार सिरिजंगा स्मृती धार्मिक वनमा पत्रकार सम्मेलनको आयोजना गर्दै चासोक तङ्नाम उधौली पूजाको ३ दिने कार्यक्रमको तालिका सार्वजानीक गरेका छन् ।

चासोक तङ्नाम उधौली पूजा आगामी पौष ४ गते देखि ७ गते सम्म हुने छ ।

दैनिक मेला सहित पौष ४ गते पहिलो दिन मनोरञ्जनात्मक कार्यक्रमहरु रोटे पिङ लगाएत बिभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ ।

राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाम्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ् कप प्रतियोगिता र बुद्धराज हाङगाम लिम्बू स्मृति महिला भलिबल रनिङकप प्रतियोगिता हुने भएको छ ।

प्रथम पुरुष भलिबलको पुरस्कारको राशी गंगा सावाले ५१ हजार, दोस्रो पुरुष भलिबलको पुरस्कारको राशी तेजबहादुर सेरेङले ३१ हजार र प्रथम महिला भलिबलको पुरस्कारको राशी पर्शुराम कार्कीले ३१ हजार, दोस्रो महिला भलिबलको पुरस्कारको राशी कोपीला सिरेङले २१ हजार प्रायोजन गर्ने भएको छ ।

त्यसैगरी पौष ६ गते लिम्बूहरुको एतिहासिक खेल पक्लुङ लेप्मा, हप्रिङ लक्मा,लि.तोङ आप्मा लगाएतको खेलहरु खेलाई मनोरञ्जन दिलाउने भएको छ ।

त्यसैगरी पौष ७ गते विहान ९ बजे सम्म उधौली पूजा गरी ११ बजे अक्षेता भेटि जम्मा गरी प्रसाद वितरण गरिने आयोजक समितिका सचिव सन्तोष सेरेङले बताएका छन् ।

दिनको १२ बजेदेखि एतिहासिक साँस्कृतिक केलाङ,माङलाङ,येवालाङ,याराक्लाङ र हाक्पारे ख्याली देखाउँर्दै औपचारीक कार्यक्रम सुरु गरी समापन गर्ने तयारी रहेको छ ।

कार्यक्रममा १ नम्बर प्रदेशको मुख्य मन्त्रि सेरधन राई प्रमुख अतिथि,विशिष्ट अतिथिहरु अर्थमन्त्रि इन्द्र आङ्वो र चुम्लुङको केन्द्रिय उपाध्यक्ष कमल तिगेला रहने, त्यसैगरी विशेष अतिथिमा चुम्लुङको प्रदेश अध्यक्ष धुव्र कुमार मेयाङ्बो,नगर प्रमुख दिलिप कुमार राई र उपप्रमुख यामुना बिष्ट रहने छ ।

समापन कार्यक्रममा बिभिन्न खेलमा प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार बितरण,सम्मान कार्यक्रम, गायक दिपक लिम्बूको बेजोड प्रस्तुती साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।