विजयपुर । एक अबोध बालक गाउघरमा पिठाे कुट्न प्रयोग गरिने ओखलमा कपडाको डोरीले बाधिएर प्लाष्टिकमा खाना खाएका हृदयविधारक घट्ना जोकोहीलाई सुन्दा कथा झै लाग्नन सक्छ । तर पाचथरको मिक्लाजुङ गाउपालिका वडा नं. ५ कुरुम्बाका ५ बर्षीय बालकको नियति हो यो ।

अवोध ती बालक दुई बर्षको उमेरदखि यसरी नै विताइरहेका थिए । तर केही सहयोगी हातलहरुले तीन बर्षपछि अहिले उनको उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा ओपिडीमा उपचार गराउन सफल भए ।ती पाचबर्षीय अवोध बालक हुन् मित्रहाङ सम्हाङ्फे । जसले यो नियति भोग्नुपर्यो ।

पीडित बाबु अभिनन्दन सम्हाम्फे गरिबीका कारण पैसा कमाउन ०७१ साल माघमा मलेसिया गए । मलेसियामा गएको केही बर्ष वित्न नपाउदै श्रीमति आफ्ना दुई छोरा मित्र र उनका जेठा छोरा दिवस सम्हाङफेलाई चटक्कै छोडेर अर्कैसग गएपछि भने ती अवोध बालक मित्रहाङको दिनदशा शुरु भएको मित्रजङकी बज्यु किथुङमा सम्हाम्फेले बताइन् । उनले भनिन् ‘छोरा विदेश, बुहारीले छोडेर गइहाल्यो, घरको भान्साको काम गर्नैपर्यो र खेतको काम पनि भ्याउनै पर्यो । खती गर्न गएको बेला कतै गइहाल्छ कि भनेर बाधेर राख्नुपर्यो । ’.

उनका अनुसार बाबु विदेश र आमाले छोडेर गएपछि उनका १० बर्षीय दाजु दिवस सम्हाम्फे घर नजिकै रहको हेलियन बोर्डिङमा पढ्न जान्थे । घरमा रहेका बाजे पदमसिंह सम्हाम्फे र बज्यु किथुङमा सम्हाम्फेलाई घरका धन्दा र खेति पाती गर्न नै धौ धौ पर्ने गर्थ्याे । कामको सहजताका लागि उनीहरुले पीठो कुट्न प्रयोग गरिने ओखलमा कपडाको डोरीले बाधेर प्लाष्टिकमा खाना दिने गरेको बज्यु किथुङमाले बताइन् । उनले भनिन् ‘घरमा कोही नहुने भएपछि रहरले नभई बाध्यताबस नातिलाई बाधेर राख्नुपर्यो । ’

तीन बर्षदेखि लगातार यस्तै भएपछि सामाजिक सञ्जालमा उनको तस्विर सहित दर्दनाक कुरा बाहिरिएपछि भने काठमाण्डौका खुशी राई र अन्य साथीका पहलमा विहीबार बेलुका उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । शुक्रबार बच्चा वार्डमा भर्ना गरिएका ती ५ बर्षीय अबाध बालक मित्रहाङ अहिले बोल्न पनि सक्दैनन् र कान पनि राम्ररी सुन्दैनन् ।

खुशी राई लगायतका सहयोगी हातहरुको सहयोगमा अहिले उनका उपचारका लागि १७ हजार बैंक व्यालेस गरिदिएका छन् भने बीपी कोइाला स्वास्थ्य प्रतिष्ठानले त्यहा लाग्ने सम्पूर्ण खर्च नि:शुल्क गरिदिएको प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बताए ।

डा. सिंहले बर्षको उमेर पुग्दा पनि उनमा शारीरिक तथा मानसिक विकास नभएको पाइएको छ । कान नसुन्ने र बोल्न नसक्ने भएका कारण प्रतिष्ठानको प्रविधि प्रयोग गरेर हेर्ने काम गरिएको बताए । उनले भने ‘अबोध बालकालाई यसरी बाधेर राखेको कुरा सामाजिक सञ्जालमा नआएका भए र सहयोगी हातले सहयोग नगरेको भए आज यी बालकको उपचार कठिन हुने थियो ।’

सहयोगी हातले गरेको सहयोग देखेर अहिल भन मिक्लाजुङ गाउपालिकाले समेत चासो दिएको डा. सिंह बताउछन् । केही समय अगाडि विराटनगका १३ बर्षीय बालकको शरीरमा कसैले शरीरमा एसिड छर्केर हृदयविदारक घट्ना घटाएका थिए ती बालकको समेत डा. सिंहक पहलमा प्रतिष्ठानमा निशुल्क उपचार गाइएको तर यो र त्यो घट्नामा भने धेरै फरक भएको डा. सिंह बताउछन् ।

डा. सिंह भन्छन्–‘एसिड आक्रमण मानवीय संवेदना नभएकाहरुले गरेका थिए भने यो घट्ना भने अज्ञानता र विवशतामा गरिएको हो । बाधेकै कारण बच्चाको शारीरिक तथा मानिसक अवस्था कमजार भएको हुन सक्छ , बच्चाको उपचार क्रमिक रुपले हुदैछ, चाडो बच्चाको अवस्था सुधार आउनेमा हामी व्श्विस्त छौ.’।