यासोक /पाँचथरको कुम्मायक गाउँपालिकामा आवासीय भवन निर्माण हुने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा कुम्मायकको केन्द्रमा भवन निर्माण हुन लागेको हो ।
प्रदेश सरकारको ८५ लाखमा निर्माण हुने भवनको सर्वेक्षण शुरु गरिएको छ ।

गाउँपालिकामा आवासीय भवन निर्माणपछि सभा, सम्मेलन र कार्यक्रम सञ्चालन गर्न सहज हुने कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । यसैगरी मिक्लाजुङ गाउँपालिकामा पनि आवासीय भवन निर्माण हुने भएको छ ।

भवन निर्माणका लागि ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । दुवै गाउँपालिकामा प्रदेश सरकारको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो ।