बेलबारी / मोरङको बेलबारी ७ वाहुनी निवासी नवलकिशोर चौधरीको ३ वर्षीया छोरी नितीका चौधरीको बुधवार राती आगोमा जलेर मृत्यु भएको छ ।
साँझ ६ बजेतिर घरमा बालिएको बत्तिले घरमा आगो लागी हुँदा वालिकालाई पनि आगोले पोलेको थियो । आगोले पोलेर घाईते भएकी वालिकालाई उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो । वालिकाको त्यहाँ उपचार हुन नसकेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।