दुहवी /  दुहबीका फिदा हुसेनको हत्याको विरोधमा उत्रिएका आफन्त र प्रशासन वीच सहमती भएको छ । बिहीबार दिनभर भएको वार्तामा परिवार,आफन्त, स्थानियबासी, प्रशासन र सांसदहरु वीचको वार्ता सहमतीमा पुगेको हो । सहमती भएसँगै सडकबाट शव उठाएर पोस्र्टमार्टमका धरानस्थित बिपि कोईराला विज्ञान प्रतिष्ठान पठाइएको छ ।
आफन्तले राखेका गृहमन्त्रिको राजिनामा बाहेकका विषयमा सहमति भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । आफन्तहरुले हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत संस्थामा छोरालाई जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रिले राजिनामा दिनुपर्ने माग राखेका थिए । यी मध्ये गृहमन्त्रिको राजिनामा बाहेकका विषयमा प्रशासन सकारात्मक भएपछि सहमति भएको हो ।

सुनसरी प्रशासनले माग क्याविनेट बैठकका लागि माथिल्लो निकायमा पठाउने जनाईएको छ । बुधबार विहान मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले गोली हानी फिदा हुसेनको हत्या गरेको थियो । छातीमा गोली लागेका हुसेनलाई अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको थियो ।

हत्याको विरोधमा आफन्तले शव नै सडकमा राखेर प्रर्दशन गर्दै आएका थिए ।

सहमति पत्र


nirnaya