ताप्लेजुङ/ गौवध मुद्दामा तोकिएको धरौटी रकम दाखिला गर्न नसक्दा एक जनालाई कारागार चलान गरिएको छ । फुङलिङ नगरपालिका वडा नं ३ मेदिवुङका २२ वर्षीय प्रदीप न्यौपानेलाई धरौटी वापत तोकिएको तीन लाख चौबिस हजार दाखिला गर्न नसक्दा मंगलबार कारागार चलान गरिएको हो ।

प्रतिवादी न्यौपानेले गत साउन २८ गते गोरु काटी मासु समेत बिक्री गरेका थिए ।

हत्या आरोपमा पक्राउ परेका कारागार चलान
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का प्रतापसिंह लिम्बूको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोही ठाउँका ५८ वर्षीय चित्रहादुर लिम्बू, ३४ वर्षीय लालु दमाई र नरेन्द्र लिम्बू भनिने यमबहादुर लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

गत कार्तिक ३ गते साँवाका प्रतापसिंह लिम्बूलाई धारिलो हतियार तथा पयुँलाठी प्रयोग गरी हत्या गरिएको थियो ।