दुहवी (सुनसरी) / सुनसरीको दुहबीमा बुधबार बिहान जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ । उनलाई विराटनगर नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

46510635_733585666999204_3164529124848959488_o 1

उनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध गरेका छन् । उनीहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयले दुहवी–५ स्थित रहेको अमरदीप मेडिकल हलसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।

औषधि पसल बन्द गर्न नमानेको भन्दै औषधि पसलेलाई कुटपिट गरेका थिए । कुटपिटमा स्थानीय चन्दन स्वर्णकारको टाउको फुटेको छ । मेडिकल हल सञ्चालक हाकु साहसहित अन्य २ जनालार्इ कुटपिट गरेको बताइएको छ । आफ्ना व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयमा प्रशासनले सुरक्षा दिन नसकेको भन्दै उनका आफन्त र समर्थक बजार बन्द गराउन निक्लिएका थिए । 

दुहबी-९ मा रहेको जय बाबा इँटा उद्योगका मेनेजर फिदा विहान मर्निङ वाकमा हिडिरहेको बेला आक्रमण भएको थियो ।

46485750_733585763665861_2051006325910929408_o 1

शवलाई उनको घरमा राखिएको छ । ठूलो संख्यामा मानिसहरू उनको घर वरीपरी भेला भएका छन् । प्रहरी प्रशासन निरिह भएको भन्दै विरोध गरिरहेका हुन् । २ महिनाअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको भारती सुटरले हत्या गरेको थियो । सुनसरीमा एकपछि अर्को हत्याको घट्ना दाेहोरिएको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका छन् । पछिल्लो समय सुनसरीमा साना

46483154_733577370333367_8517804129546928128_n 1 हतियारसहित आपराधिक गतिविधिमा संलग्नहरू पक्राउ परिरहेका छन् । यहीबीचमा दुहवीमा भएको गोली प्रहारले थप सुरक्षा चुनौती बढेको छ । प्रहरीले पछिल्लो एक सातामा भारतीय नागरिकसहित ३ थान कटुवा पेस्तोल बरामद गरेको थियो । तस्वीरहरूः प्रेम गिरी 

46519217_733585770332527_3958744027569848320_o 1