के हो नवआयाम वैचारिक अभियान ? आयाम एउटा मापक हो । जसरी हामी समयलाई घण्टामा, वजनलाई केजीमा, तरल पदार्थलाई लिटरमा, लम्बाइलाई मीटरमा नाप्छौं, त्यसैगरी मानवीय विकासक्रमलाई आयाममा नापिन्छ । अहिले हामी तेस्रो आयाममा बाँचिरहेका छौं । यसको घडेरी विश्वका सर्वश्रेष्ठ विद्वान अल्बर्ट आइन्सटाइनको सापेक्षतावादलाई मानिन्छ । नवआयाम यस्तै नयाँ कुराहरूलाई पक्षपोषण गर्ने एउटा वैचारिक अभियान हो ।

जसले सामाजिक संरचनामा विद्यमान रहेका आइडियोलजीहरूलाई समयसापेक्ष मार्गनिर्देशन गर्ने आवाङ्गार्दहरूसँग सहकार्य गर्छ । आवश्यक परेको खण्डमा आफै अग्रपंक्तिमा उभिएर पनि भूमिका निर्वाह गर्दछ । मतलव नवआयामको मान्यता रहेको छ । हामीले जानेका बुझेका कुनै पनि कुराहरू अन्तिम सत्य होइनन् ।

अतः हाम्रो सामाजिक संरचनामा स्थापित सबै प्रकारका मान्यताहरूमा निरन्तर पुनर्विचार जरुरी हुन्छ । हामी जसरी कथा लेख्छौं, कविता लेख्छौं, संस्कार गर्छौं, संस्कृति मनाउँछौं, त्यो कुनै पनि अन्तिम सत्य होइन । यथास्थितिवादको विरुद्धमा तीनीहरूका गलत पक्षहरूलाई छाड्दै सही पक्षहरूलाई खोज्दै अगाडि जानुपर्छ भन्ने आग्रह नै नवआयाम हो ।

प्रगतिशील विचार र नवआयाम प्रगतिशील विचार र नवआयामको सम्बन्ध नजिक छ तर फरक अवश्य छ । प्रगतिशील विचार राजनीतिक परिधिभित्र हुन्छ तर नवआयाम त्यो परिधि मुक्त छ । नयाँ कुरा र पुराना कुराहरूमा निकटता भने अवश्य रहन्छ । अन्यथा तिनीहरूको व्यवहारीकरण हुन कठिन हुन्छ ।

नवआयाम अभियान व्यावहारीकरणका जटिलता सहज त छैन । समाज परिवर्तन र समाजमा स्थापित मान्यताको भन्जन आफैमा जटिल कुरा हो । फ्रेडरिक नित्से, पाब्लो नेरुदा, टी.एस. एलिट, बर्तोल ब्रेख्त, भर्जिनिया उल्फलगायतले त्यसबेलाको जड मान्यतालाई भत्काएर सहजै आधुनिककालको टर्निङ पोइन्ट निर्माण गरेका होइनन् ।

समाजमा स्थापित मान्यतालाई नै अन्तिम सत्य मान्नुको परिणति ग्यालिलियोले ‘सूर्यले पृथ्वीको परिक्रमा गर्दैन, बरु पृथ्वीले चाहिँ सूर्यको परिक्रमा गर्छ’ भन्दा उसलाई त्यसबेला मृत्युदण्डको घोषणा भएको हो ।

अतः सत्यले पनि सामाजिक संरचनामा स्थापित मान्यतालाई भत्काउन सहज छैन । त्यसैगरी जैक डेरिडा, रेमण्ड विलियम्स, मिसेल फुको, मार्टिन हाइडेगर, बैल हुक्स, अमेलिया जोन्स, गायत्री स्पीवाक, पार्था चटर्जीलगायतले आधुनिक कालको विशाल पृष्ठभूमिमा त्यति सहजै उत्तरआधुनिकताको वैचारिक संरचना स्थापित गरेका पनि होइनन् ।

यसरी भूतकाललाई हेरेर भविष्यको बाटो समात्नु पर्ने हुन्छ । हुन त भूत, वर्तमान र भविष्य तीन भागमा काल विभाजन गरिएको भए तापनि यिनीहरूको साम्राज्य बराबर छैन । वर्तमान त केवल भूत र भविष्यको साम्राज्यलाई छुट्याउने सिमाना मात्रै हो । भूतकालसँग अरबौं वर्ष भए जस्तो, भविष्यसँग अरबौं वर्ष भए जस्तो वर्तमानको आºनो छुट्टै साम्राज्य छैन । वर्तमान त केवल ‘एक्सनेवल पोइन्ट’ मात्रै हो, जहाँ हामी एक्सनको लागि उभिएका हुन्छौं ।

नवआयाम दर्शन होइन होइन । प्लेटोले दर्शनको परिभाषा ‘अन्तिम सत्ताको तार्किक खोज हो’ भनेको भए तापनि मेरो विचारमा दर्शन जीवन र जगत्लाई चलायमान राख्ने विचारको सम्पूर्णता हो । सबै विचारहरू कुनै न कुनै दर्शनसँग नजिक अवश्य हुन्छन् । विश्व विद्वतामा स्थापित चार दर्शनहरू आदर्शवाद हाम्रो मान्यता पनि अपवाद अवश्य होइन । एउटा पूर्ण दर्शनमा हुनुपर्ने तत्व पनि हाम्रो विचारमा कुनै न कुनै तवरले बाँचेकै छ ।

नवआयाम वैचारिक अभियानलाई विस्तार गर्न प्रा.डा. भीम खतिवडा, प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. लेखनाथ काºले ताइवान, डेन्जोम साम्पाङ अमेरिका, मिश्र बैजयन्ती, सुनिता कन्दङ्वा (इजरायल), भीम राई विरही (भारत), बुद्धि तेम्बे माइला (भारत) लगायत रहेको एउटा टिम बनेको छ । यो टिमले कालान्तरमा भने नवआयामलाई एउटा दर्शनकै रूपमा विकसित गर्न पनि सक्नेछ ।