बलिउडकी अभिनेत्री करीना कपूर खानले  ३८औं जन्मदिन मनाइरहेकी छिन् ।  करीनाकी आमा गर्भवती हुँदा उनले अन्ना करेनीना पुस्तक पढेकी थिइन् ।

करीनाको जन्म भएपछि उनको नाम सोही पुस्तकबाट लिएर राखिएको हो । तर उनलाई घरमा मायाले बेबो नामले बोलाइन्छ ।

करीनाको जन्म सन् १९८० सेप्टेम्बर २१ मा भारतको मुम्बईमा भएको थियो । करीनाको जन्म एक फिल्मी पृष्ठभूमि भएको परिवारमा भएको थियो ।

उनका बुवा रणधिर कपूर र आमा बबिता एक जमानाका चर्चित कलाकार हुन ।