बिर्तामोड । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ५० हजार रुपैंयाँ नक्कली नेपाली नोट सहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नक्कली नोट सहितका भारतीय नागरिक नेपाल आउँदै गरेका छन भनने सुचनाका आधारमा काँकडभिट्टा नाकामा सक्रियता बढाएको प्रहरीले भारतको पश्चिम बंगाल स्थित सिलिगुडीका दुइजना नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले भारतको सिलिगुडीका सतिष अग्रवाल र हितेष अग्रवाललाई पक्राउ गरेको जनाएको छ । सतिषका साथबाट ३३ हजार र हितेषको साथबाट १७ हजार नक्कली नोट बरामद गरेको झापाका एसपी भिम ढकालले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसंधान भइरहेको जानकारी उनले दिएका छन् ।