धनकुटा/मालपोत कार्यालय धनकुटामा रजिष्ट्रेशनपास गर्दा जग्गालिने र दिने विचको आपसी मिलेमतोले गर्दा राजश्व छली हुने गरेको निमिक्त कार्यालय प्रमुख रामबहादुर कार्कीले बताएका छन् ।
आ.व .०७४/०७५ को प्रगति विवरण स्थानिय संचारकर्मीहरुलाई सार्वजानिक गर्ने क्रममा निमिक्त प्रमुख कार्कीले जग्गाको मुल्याङ्गकन पुस्तिकालाई व्यवस्थित गर्न रजिष्ट्रेशनको सेवा शुल्कमा राजश्व छली हुने गरेको बताएका हुन् । उनले स्थानिय तहहरुबाट राम्रोसँग बुझेर सिफारिस नगर्ने गलत तरिकाले सिफारिस आउने गरेको र ऋणी–धनि बिच एक आपसमा मिलेर मुल्यकम देखाउँदा राजश्व छली हुने गरेको दाबी गरेका छन् । तर, उनले विदेश जानु पर्यो, कुनै पनि बैंकमा सम्पति सो गर्नु पर्याे भने मात्र सेवाग्राहीले जग्गाको बास्तविक भन्दा बढी मुल्य देखाएर रजिष्ट्रेशन पास गर्ने गरेको दाबी गरेका छन् । मालापोत कार्यालय धनकुटाले आ.व.०७४/०७५ मा जग्गा रजिस्ट्रेशन र अन्य दस्तुर असुलीबाट २ करोड, १८ लाख, ३ हजार, ५ सय ८२ रुपयाँआम्दामी गरेको निमित्त कार्यालय प्रमुख कार्कीले बताएका छन् । उनले आ.व.०७४/०७५ को लक्ष्य २ करोड, ४२ लाख, ५९ रहेको भएपनि राजश्व छलिका कारण पुग्न नसकिएकाे बताए । पुर्जा बिक्रीबाट ९३ लाख, रोक्का दस्तुरबाट १ लाख, ३१ हजार, १ सय, रजिष्ट्रेशन सेवा शुल्कबाट ३५ लाख, ४० हजार, ५ सय, नाम्सारी दस्तुरवाट ४ लाख, ७५ हजार, ५ सय ७८, पुँजिगत लाभकरबाट २० लाख, ९१ हजार, ७ सय १३ गरी जम्मा २ करोड, ८१ लाख, ३५ हजार, ४ सय ५५ रुपैयाँ भएको निमित्त प्रमुख कार्कीले बताएका छन् । तुलनात्मक रुपमा १२ महिनामध्ये पौष महिनामा सबै भन्दा बढी ४९ लाख रुपयाँ राजश्व संकलन भएको तथ्याङ्गकमा देखाइएको छ ।
आ.व.०७३/०७४ माभने २ करोड, ३८ लाख, ६० हजार लक्ष्यथियो भने प्रगती २ करोड, २७लाख, ३७हजार, ३ सय २१ रुपयाँभएको प्रगती प्रतिवेदनमा उल्लेख छ । अर्का मालपोत अधिकृत जितमान जिमीले आ.व.०७४/०७५ मा महिला २५ प्रतिशत, दलितलाई २५ प्रतिसत, अपाङ्ग र वृद्धलाई २५ प्रतिसत गरी ३४ लाख, ४० हजार, ६१ रुपयाँ राजश्व छुट गरिएको बताएका छन् । जिमिले मालपोत कार्यालयले आ.व.०७४/०७५ माजम्मा गरेको राजश्व आम्दामी जिल्ला समन्वय समिति धनकुटामा ९४ लाख, ८२ हजार, ९ सय, ३५ रुपयाँ, राजश्वमा ३८ लाख, २१ हजार, ९ सय, ५७ रुपयाँ, मालपोत कार्यालयलाई प्राप्त कुल रकमको ७ प्रतिसत ६ लाख, ६३ हजार, ८ सय ६ रहेको बताएका छन् । त्यसैगरी मालपोत कार्यालयको लागी प्राप्त ६ लाखमध्येबाट नापि कार्यालयलाई २ लाख र बाँकी ४ लाख मालपोत कार्यालयमा नै रहने प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी अघिल्लो वर्ष जग्गाधनी १ लाख, २५ हजार, १ सय, २५ जनाले जग्गाको रजिष्ट्रेशनको कारोबार गरेकोमा यस वर्ष २ हजार, ३ सय, ३ जनाले मात्र रजिष्ट्रेशनको कारोवार गरेको प्रगति प्रतिवेदन उल्लेख गरिएको छ । यस वर्ष १ हजार, १ सय, ४१ जग्गाधनीको नाममा रहेको जग्गा खारेज गरिएको छ । त्यसैगरी अघिल्लो वर्ष १ लाख, ७० हजार, १ सय, ८५ कित्ताजग्गा कारोवार भएकोमा आ.व.०७४/०७५ मा १ हजार, ७ सय ९५ कित्ता जग्गाको कारोवार गरिएकोमा यस वर्ष ८ सय, ९५ कित्ता खारेज गरिएको मालपोत अधिकृत जितमान जिमीले बताएका छन् । मालापोत कार्यालयको तत्थ्याङ्गकलाई कम्प्यूटराईज गर्न आईटी जनशक्तिको अभावमा चुनौती देखिएको मालपोत अधिकृत जिमीले औल्याएका छन् । मालापोतको सबै खाले सेवालाई अनलाईन सिस्टममा लान नसक्दा धेरै समस्या झेल्नु परेको कार्कीले बताए । उनले हालसम्म मुलुकको ४६ जिल्लामा अनलाईन सेवा शुरु भैसकेकाले अब चाँडै धनकुटा जिल्लामापनि चाँडै अनलाईन सेवा शुरु हुने बताएका छन् ।उनले अहिले १ जना मात्र मालपोत कार्यालयमा कम्प्युटर अपरेटर रहेकाले पनि काम शुरु हुन नसकेको बताए । उनले अनलाईन सेवा शुरु गर्दाकम्तीमा ५ जना कम्प्युटर अपरेटर आवश्याक पर्ने भएकाले विभाग र मनत्रालयले धनकुटामा पहिलो पटक कम्प्युटर अनलाइन सेवा शुरु गर्न प्राथमिकतामा राखेको बताएका छन् ।