पानवारी / सगरमाथाको सफल आरोहण गरेका तीन महिला पत्रकारहरुलाई किरात राई यायोक्खा सुनसरीले सम्मान गरेको छ ।

[caption id="attachment_90077" align="aligncenter" width="700"] तस्विर उपेन्द्र चाम्लिङ[/caption]

किरात राई यायोक्खाको ३१ औं स्थापना दिवसको अवसरमा किराती चेली देउराली चाम्लिङ सहित उनी सम्मीलित सगरमाथा आरोही महिला पत्रकार टोलीका सदस्यहरु रोजीता बुद्धाचार्य, रोसा बस्नेत, कल्पना महर्जन र प्रियालक्ष्मी कार्कीलाई बुधबार सम्मान गरिएको हो । सम्मान कार्यक्रममा काठमाडौ निवासी प्रियालक्ष्मी कार्की र ललितपुर निवासी कल्पना महर्जनको भने उपस्थित थिएन ।  धरान–१६ निवासी किरात राईकी चेली देउराली चाम्लिङले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरी किरातीहरुको झण्डा सगरमाथाको चुचुरोमा फहराएको भन्दै सम्मान गरेको थियो । त्यस्तै टोलीका सदस्यले किराती चेलीलाई सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो । सगरमाथा ओरोहीलाई किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष पारसमणी राई, सुनसरी अध्यक्ष कमला राई लगायतले दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष राईले एक नं. प्रदेशको नामाकरण गर्दा पहिचानको आधारमा किरात प्रदेश हुनेमा आशा रहेको बताएका थिए ।

स्थापना दिवसको अवसरमा मंगलबार साँझ किराया धरानले भानुचोकमा दिप प्रज्वलन गरेको थियो भने बुधबार रक्तदान कार्यक्रम समेत राखेको थियो ।