पानवारी । निर्धन उत्थान बैक लिमिटेड शाखा कार्यालय पाँचकन्याले ऋणी सदस्यको मृत्यु भएपछि परिवारका सदस्यलाई बिमा रकम भुक्तानी दिएको छ ।
धरान–५ तल्लो देउरालीमा रहेको तल्लो देउराली ‘क’ महिला स्वावलम्बी समुहकी सदस्य रहेकी ऋणी कमला लिम्बूको निधन भएपछि लिम्बूका परिवारले पाउने बिमा रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
मृतकका पति कर्णबहादुर लिम्बूलार्ई बिमा वापतको रकम रु ६९ हजार रुपैया प्रदान गरिएको थियो । निर्धन उत्थान बैंकले सबै ऋणीहरुको बिमा गरी ऋण सुरक्षित गर्ने गरेको छ ।
शाखा प्रमूख टिकाराम गिरीका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बिमा नियम अनुसार ऋण चुक्ता नभई कुनै ऋणीको मृत्यु भएमा बिमा बापत १ सय ४० प्रतिशतदेखि २ सय ९० प्रतिशतसम्म क्ष्तिपूर्ति रकम दिने व्यवस्था रहेको बताएका छन् । यसैगरी ऋणीका पतिको मृत्यु भएमा १२ हजार ६ सय ५० क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको गिरीले जानकारी दिएका छन् ।
बैकले विपन्न, जनजाति र दलित परिवारका लछित वर्गलाई समेटेर समुह गठन गरी ऋण प्रभाह गर्र्दै महिलाहरुको आर्थिक अवस्था उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै समुहका सदस्हरुले खुसी व्यक्त गरेका थिए ।