यात्रा आफैमा रमाइलो हुन्छ । अपm्ठयाराहरु हुन्छन्, आउँछन् तर पनि यात्रालाई रमाइलो बनाउनुपर्छ । यात्रामा जे आउँछ मजाले पचाउनुपर्छ, त्यसमै रमाउन सक्नुपर्छ । चैतको तेश्रो साता ऐतिहासिक १ नम्बर प्रदेशको प्रसिद्ध तीर्थस्थलको यात्राामा पङतिकार लगायत १७ जनाको नेतृत्व गर्दै ताप्लेजुङ जिल्लामा अवस्थित माता पाथीभरा देवीको दर्शनमा निस्कियौं ।
यस प्रदेशका विश्वका उच्च हिमशिखरहरु सगरमाथा, मकालु, कन्चनजंघा, लोप्से छन् । यसमै विश्वको तेश्रो अग्लो चुचुरो कन्चनजंघा रहेकै जिल्लामा पाथीभरा माताको मन्दिर छ । अघिल्लै दिनबाट पाथीभरा देवीको मन्दिर जाने भनेपछि एकप्रकारको सबैमा हुटहुटी पैदाभयो । बिहानको ४ बजे पथरीबाट हाम्रो यात्रा प्रारम्भ भयो । ५ः३० बजे बिर्तामोड बसपार्कमा सबैजना भेला भयौं । बलेरो गाडीमा टिकट मिलाएपछि हाम्रो यात्रा सुरु भयो । झापाको चारआलीबाट माथि उक्लेपछि सुरु हुन्छ इलामको सुन्दरता प्राकृतिक रुपमा सुन्दर इलामको रमणीय दृश्य हेर्दै इलामको प्राकृतिक सुन्दरताको कुरा कति गर्नु । इलामको तस्वीर सबैलाइ थाहा छ ।
सुन्दर चियाबगान, सुन्दर सूर्योदय देखिने ठाउँ । इलाम हरियाली हुँदै हो, त्यसमा थप अर्को विशेषता छ, घर अगाडि फूलको सजावट । फूलबिनाको घर पाउनै गाह्रो । सबैलाइ मनपर्ने फूलले त्यहाँको हरियालीमा थप सुन्दरता थपेको जो कोहीले देख्न सक्छ । चिया लगायत नगदेबालीका कारण इलाम आफैमा सम्पन्न जिल्ला हो । ‘पहाडकी रानी’ नामले चिनिने इलामले पनि यतिबेला सम्पन्नता खोजिरहेको छ । व्यत्ति धनी हुनु एउटा कुरा हो, जिल्ला विकसित हुनु अर्को कुरा हो । त्यसैले ठाउँको विकास हुन् मुख्यगरी राज्य नै बढी जिम्मेवारी हुनुपर्छ । इलामेलीको त्यही चाहना बढी देखिन्छ । अझै पनि इलामबाट तराई झापा, मोरङमा जिल्लामा बसाइँ सर्ने क्रम जारी छ ।
दुर्गम क्षेत्र खाली हुने क्रम जारी छ तर अबको डेढ दशकपछि तराईबाट इलामतिर बसाइँ सर्ने अवस्था आउन आंकलन गर्न सकिन्छ । किनकी दार्जिलिङले त्यही सिकाएको छ । इलाम दार्जिलिङ हुन अब धेरैबेर लाग्दैन । इलाम जति सुन्दर छ त्यति पर्यटकलाई स्वागत गर्न राम्रो संस्कार बसाल्न चाहि बाँकी नै छ । पर्यटकका लागि होटल र अरु सेवा सुधार गर्न धेरै बाँकी छ । हामी बिहान ९ बजे इलाम पुगेपछि, जहाँ खाना वा नास्ता पाइने ठाउँ रहेछ तर पनि त्यहाँबाट करिब डेढ घन्टाको यात्रापछि माथि ‘राँके बजार’ आउँछ ।
त्यहाँ तातो दालभात र तरकारी खाएपछि एकछिन आराम गर्न थाल्यौँ । राँके इलामको व्यापारिक बजार रहेछ, लामो दुरीका यात्रुका लागि विश्राम, खाना, खाजा, पानी खाने स्थल भने यात्रीको भरमा पर्दछ । राँके बजारमा किनमेल गर्न सकिन्छ । भेडे खोर्सानी, रातो अकबरे, घ्यू, छुर्पी लगायतका वस्तुहरुमा राँके प्रसिद्ध मानिन्छ । त्यहाँबाट हाम्रो यात्रा अझ उकालो लाग्दछ, पहाडी यात्रा घुम्ती र मोड हुदै करिब १२ बजे फिदिम बजार पुग्यौं । फिदिम पुग्दा हामीलाई निकै गर्मी भइरहेको थियो, तराईको भतभती पोल्ने गर्मी जस्तै हँुदोरहेछ फिदिम बजारमा । देशका ठूला १० शहर बनाउने शहरमध्ये पनि एक हो । पहाडको पेटमा काइदाले कुदेको बिसौनीजस्तो शहर बन्दैछ ।
त्यहाँबाट हामी उकालो लाग्यौं । ‘लौ है साथी हो, हेवाखोला पुगेर माझीटार जाऔँ’ हामीसँगै गएका एकजना पोख्ररेल थरका यात्रुले कुरा झिके । कारण रहेछ हेवा खोलामा माछा खाएर पुस्तौदेखि लालपूर्जाविहीन माझी समुदायको स्टोरी गर्ने । ‘माझी दाइले जुनीभरि डुँगा तानिरहे, अरुलाई तार्दातार्दै आफूचाहि वारि रहे......’ भन्ने उदितनारायण झाको गीतजस्तै माझीको कथा रहेछ । त्यसपछि फिदिमको रातोमाटोको मनमोहक दृश्य हेरेपछि लाग्यौं भारपाको उकालो, सुन्दै अचम्मको ! खालको भारपाको उकालो हाम्रो सानो गाडी चढदा, त्यहाँ बनेको फराकिलो सडकले केही सडक विस्तारमा भएको अनुभूति ग¥यौ । त्यहाँबाट चतुरे, जोरपोखरी, गोपेटार, गणेशचोक, भालुचोक र सिंहापुर हँुदै हामी उकालो लाग्यौं ताप्लेजुङ जिल्लाको काबेली खोला । काबेली खोलाको वारि नै गाडी रोकी सडकबाट ५ मिनेट तल ओर्लि पूजा गर्ने चलन रहेछ । पाथीभरा तीर्थस्थल जाने सबै तीर्थयात्रीले त्यहाँ गई पूजागरी यात्रा सहजताको लागि कामना ग¥यौं । पूजा गरीसकेपछि फेरि यात्रालाई निरन्तरता दियौं र त्यहाँबाट हामी करिब १ घण्टाको अवधिमा करिब ४ बजेतिर ताप्लेजुङको फुङ्लिङ नगरपालिका पुग्यौं बिर्तामोडबाट २ सय ७० किलोमिटर यात्रा तय गर्दा हामीलाइ निकै सकस भइरहेको थियो ।
सडकको दर्जनौ गोलाई खाइसकेका हामीहरु ताप्लेजुङ फुङलिङ पुग्दा फुकीढलजस्तो भइसकेका थियौं, चक्कर लागेर । फुङलिङको शिरमा पाथीभराले तलतिर चियाएजस्तो थियो मौसम । यति खुलेको थियो कि पखेटा हु्नु हो भने जता पनि उडूँउडूँ लाग्ने । फुङलिङ भन्दा केही माथि सुकेटार विमानस्थल कालोपत्रे भएपछि कहिलेकाँही चार्टर गरेर जाने जहाजले ब्युँझाउँछ अरुबेला सुत्छ । ताप्लेजुङबासी अलैची लगायत जडीबुटीले धनी जिल्ला हो । वर्षमा लाख आम्दानी नगर्ने किसान कम होलान् । अर्ब रुपैया भन्दाबढी अलैची निकासी हुन्छ हरेक वर्ष त्यसैले त उनीहरुको मुहार उज्यालो देखिन्छ । आर्थिक स्थिति बलियो भयो भने मान्छेको मुहारमा त्यसै चमक आउँछ । नामकै सन्दर्भमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ पनि लिम्बु भाषकै शब्दबाट आएको हो । लिम्बु भाषामा ‘फुङलिङ’ भनेको फुलैफुलको बगैँचा हो । उतिस, गुराँस, सल्लो, सुनाखरी प्रशस्तै पाइने भएर यस स्थानलाई ‘फुङ्लिङ’ भनिएको हो भन्ने स्थानीयबासी भन्छन् । यसरी त्यहाँबाट हामी फोर–ह्रवील गाडीमा ३ सय ५० का दरले प्रतिव्यक्ति भाडा दिएर चढ्यौं ।
सुकेटारसम्म कालो पत्रेको यात्रा त सहजनै छ । तर जब त्यहाँबाट फावाखोलाको नयाँ खनेको बाटो हँुदै जाने सडकको दुर्दशा देख्ता जो कोहीलाई पनि राज्यविहीनताको महसूस हुन्छ । त्यसमाथि पनि कात्लेथोक (तल्लोफेदी) सम्म चल्ने रुटका गाडीहरु हकाइ त साँच्चै नै सकसमय मात्र नै हुँदोरहेछ । अझ पानी परेको बेला चिप्लो माटो र धान रोप्न तयार पारिएको हिलो माटोमा फोर–ह्रवील गाडी कुदाएको देख्दा त पाथीभरा देवीलाई पुकारा गर्दै हिंड्नुपर्ने बाध्यता छ । कति चोटी त हामीले माता पाथीभरा देवीको पुकारा ग¥यौ ।
[caption id="attachment_82003" align="alignleft" width="260"]
बल्लतल्ल कात्लेथोक (तल्लोफेदी) पु¥याँै । हामी नपुग्दै पानी परेकाले कसो–कसो गरेर पानीमा झिदँै भट्टराई होटलमा वास बस्यौँ । त्यसपश्चात दिनभरीको क्लान्त शरिर र तातो भात खाइसकेपछि सुत्यौँ । फेरि रातीको १ बजे त्यहाँबाट हामी १७ जनाको समूह राती नै हिंडियाँै । माता पाथीभरा देवीको दर्शन गर्न । करिब सदरमुकामबाट १९.५ किलोमिटर पार गर्न हामीलाई निकै गाह्रो प¥यो लगभग ४ बजे माथिल्लो फेदीतिर पुग्यौ । कान्छी थान पूजा गर्दै ‘जय ! पाथीभरा माता’ भन्दै हामी नाक ठोकिने उकालोमा यात्रालाई अगाडि बढायौँ । जति माथि गयाँै अक्सिजनको मात्रा कम हुँदै गयो । बमिट र रिंगटा लाग्ने र चक्कर आउने मानिसहरु बाटैभरि भेटियौँ ।
यसरी करिब ७ घण्टाको अथक प्रयास पछि हामी ७ः२३ मिनेट जाँदा पाथीभरा माताको मन्दिरमा प्रवेश ग¥यौ । पानी परेकोले हिउँ परेको पनि दृश्य देख्यौँ । विलाउन लागेको हिउँ देख्यौ । करिब १२ हजार ४ सय ४८ फिट (३ हजार ७ सय ९४ मिटर) उचाइमा अवस्थित माता पाथीभरा देवीलाई साक्षात् देवीको रुपमा पूजिदै आएको छ । पाथीभरा देवी पाथीभरा अन्न भरिएझै देखिने एउटा डाँडाको टुप्पोमा रहेकी हुनाले, यिनलाई पाथीभरा देवी भनिएको पाइन्छ । पाथीभरा देवीको उत्पति सम्बन्धी धेरै किम्वदन्तीहरु छन् । भनिन्छ प्राचीनकालमा पाथीभरा मन्दिर आसपासमा भेडा गोठालाहरुले आफ्नो भेडीगोठा अहिलेको पाथीभरा मन्दिर भएको स्थानमा राखेका थिए रे ।
उनीहरुले चराउन लगिएको भेडाहरु त्यसठाउँबाट हराउन थाले । एक–एक गरी भेडा गायब हुन थालेपछि यस्तो अचम्म र अकल्पनीय घट्ना किन भयो भन्दै ती भेडागोठालाहरुले देवीको आराधना गरेर, हामीबाट के भूल भयो क्षमा पाउ भनी दैनिक स्तुति गरेछन् । त्यसपश्चात एकदिन राती सा–साना पञ्चकन्याको रुपमा पाथीमरा माताले ती गोठालाहरुलाई सपनामा आएर आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउदै पूजा–अर्चना गरेमा सबै भेडा फिर्ता हुने आदेश दिएछन् । भोलिपल्ट आत्मबोध प्राप्त ती गोठालाहरुले देवीको आकृति स्थल खोजी गरेर सपनामा भनेझै पूजा–अर्चना गरेपछि ती हराएका सबै भेडा त्यही हराएको स्थानमा नै जस्ताको त्यस्तै आसपासमा देखा परेछन् ।
उता पूजा–अर्चना गरेको ठाउँमा चढाइएको फलफूल र बेलपाती त्यतिकै हराएर गयो । जमिनमा देखिएन र विलिन भयो । यो दुश्यले ती भेडा गोठालाहरु चंकित भइ साक्षात् देवी कि जय ! जय भन्दै माताको जय–जयकार तल फेदीसम्म ल्याए । तल आएपछि देवीको भनाइ र हराएको भेडाहरुको महिमा गाए । त्यसपश्चात देवीको महिमा बढ्दै गइ आज तिनै पाथीभरा देवी साक्षात् देवीको रुपमा पूरै नेपालमा मात्र नभएर विश्वमा नै प्रख्यात भएकी छिन् । यसको परिणामस्वरुप अन्य स्थानमा पनि पाथीभरा देवी माताको मन्दिर उनका भक्तजनले निर्माण गरेका छन् ।
पाथीभरा देवी माताको मन्दिरमा चढाएको जल आज पनि त्यतिकै हराउँछ बाहिर बगेको देखिदैन । यसरी हामीले पाथीभरा देवीको मन्दिरमा लाइनमा बसेर पूजा–अर्चना ग¥यौँ । हामीले चिताएका कुराहरु मनोकांक्षाहरु पूरा माग्यौँ र माता पाथीभरा देवीलाई दियो र कलश चढायौँ । त्यसपश्चात १० बजे त्यहाँबाट हामी ओरालो झ¥यौँ । करिब ५ घण्टा पछि तल्लोफेदीमा आइपुग्यौँ । भोकाएर गलेका थियाँै केही खाजा खाएर हामी फेरि करिब २ बजे डेढ घण्टाको यात्रा फोर–ह्रवील गाडीबाट ग¥यौँ । त्यसपछि ३ ः४६ बाट ताप्लेजुङबाट हामी घर पुग्न आतुर भएर आफ्नो घर आइपुग्ने अभिलाषाकासाथ हिंडियाँै । यात्रा त्यति सजिलो थिएन तर पनि अन्तर्य घरसम्म आइ पुग्नुपर्ने बाध्यता थियो ।
रिजर्ब गाडी भएकाले अत्यन्त सहज भएर नै हामी राति ११ः३४ मा घर आइपुग्याँै । अन्त्यमा पाथीभरा देवीको अलौकिक शक्तिको महिमा, आस्था एवम् विश्वासले गर्दा अनकन्टार डाँडामा रहेको पाथीमा मन्दिरमा वर्षेनी हजारौ श्रद्धालु भक्तजनहरु देश–विदेशबाट जाने गरेका छन् । फागुन, चैत, बैशाख, भदौ, असोज र कार्तिक महिनामा पाथीभरा जाने अनूकूल मौसम भएकाले बढी भिड हुने गर्दछ । तर पनि अरु महिनामा जाने तीर्थयात्रीहरु पनि बढ्दै छन् । त्यसैले हामी सबै एकपल्ट पाथीभरा देवीको मन्दिर अवश्य जाआँै र पुण्य कमाऔँ ।