काठमाडौं/ ‘गगन हत्याको कनेक्सन केरुङबाट हुने सुन तस्करीसँग छ। १८ किलो सुन ल्याउँदा ६ किलो बाटैमा बेपत्ता भयो र त्यो खोजी गर्ने क्रममा तस्करले दिएको यातनाबाट तामाङको ज्यान गयो।’

२०७४ असोज १४ गते घरघरमा मान्यजनबाट टीका थाप्ने काम भइरहेको थियो। विजया दशमीको सो दिन काठमाडौंका सडक सुनसान थिए। त्यही दिन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नजार्गुन नगरपालिका आदेश्वर मन्दिर नजिकै एक युवकको शव फेला पार्यो।

त्यो शव रसुवा पार्वतीकुण्ड गाउँपालिका निवासी २९ वर्षे गगन तामाङको भएको पुष्टि भयो। घटना भएको १२ दिनपछि अपराध महाशाखाले निष्कर्ष निकाल्यो, 'गगन हत्याको कनेक्सन केरुङबाट हुने सुन तस्करीसँग छ।' प्रहरीले यो पनि निष्कर्ष निकाल्यो, '१८ केजी सुन ल्याउँदा ६ केजी बाटैमा बेपत्ता भएको थियो। त्यो खोजी गर्न क्रममा तस्करले दिएको यातनाबाट तामाङको ज्यान गयो।'

सम्बन्धित खबर 

साढे ३३ केजी सुन गायब प्रकरण स् थाई एयरवेजका इन्जिनियरको विमानस्थलमै हत्या

यी दुई घटना अगाडि र पछाडि विभिन्न समयमा केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर र मातहतका निकायले केरुङबाट तस्करले भित्र्याएको सुन पटक पटक बरामद गरेका छन्। प्रहरी इकाईले बरामद सुन केरुङ भएर काठमाडौं भित्रिएको तथ्य सार्वजनिक पनि सुनका असली मालिक र सुन भित्र्याउन सघाउने सरकारी कर्मचारी, सुरक्षा अधिकारी अनुसन्धानमा कहिलै तानिएनन्।

सुन तस्करीका कारण देशको अर्थतन्त्रै प्रभावित भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानीमा गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्मा गठित समितिले दोस्रो चरणमा केरुङबाट हुने सुन तस्करीको कनेक्सन खोजी थालेको हो। हवाईमार्ग भएर भइरहेको सुनको अवैध कारोबारमा संलग्न पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित बहालवाला एसएसपी, एसपी, डिएसपी र सईलाई मुद्दा चलाउने तयारीमा रहेको उच्च स्तरीय अनुसन्धान टोलीले दोस्रो चरणमा स्थलमार्ग भएर हुने सुन तस्करीको जालो भत्काउने योजना बनाइरहेको हो। समितिले पछिल्लो २ वर्षमा स्थलमार्ग भएर भित्रिएको सुनको तथ्य खोतल्नेछ।

सम्बन्धित खबर 

ओलीलाई सुन समितिको दुई घन्टा लामो ‘ब्रिफिङ’

लाक्पा ग्याल्जेनको अगुवाईमा नेपाल भित्रिएको १८ केजीमध्ये ६ केजी सुन लुकाएको आरोपमा गगनको हत्या भएको थियो। चिनियाँ नागरिक वोई र तेन्जिङ नाम गरेका ब्यक्तिसँग लाक्पाको समूहले सुन तस्करीका लागि सहमति गरेको थियो। नेपाल भित्र्याउनु पर्ने सुन काठमाडौं ल्याउने जिम्मेवारी गगनको थियो। रसुवागढीको सुरक्षा जाँच ‘छलेर’ नेपाल भित्र्याउन सफल भए पनि ६ केजी सुन स्याफ्रुबेँसी—गणेश हिमाल फेदिस्थित बाटोमै लुटिएको फेहरिस्त गगनले सुन तस्करलाई दिए। 'लुटिएको' बाहेकको १२ केजी सुन मात्र उनले तस्करलाई दिए।

सम्बन्धित खबर 

सुन तस्करीमा संलग्न पूर्व डिआईजीदेखि भन्सारका उच्च कर्मचारी पक्राउको सूचीमा

यो घटना हुनुभन्दा करिब १ महिना अघि २०७४ भदौ १९ गते महाशाखाले काठमाडौंको ठमेलस्थित काठमाडौं वन होटल नजिकबाट ८८ किलो सुन बरामद गरेको थियो। महाशाखाले उक्त सुनका मालिकका रुपमा होटल सञ्चालक चिनियाँ दम्पत्ती पान विई मिङ र याङ वेई विङ रहेको तथ्यसहित कारोबारमा संलग्न ५ जनाबिरुद्ध संगठित अपराध अन्र्तगत कारवाही गरेको थियो। सो सुन चीनको केरुङबाट रसुवागढी, धुन्चे हुँदै काठमाडौं आइपुगेको थियो। रसुवा जिल्लाभित्र रसुवागढीदेखि बेत्रावतीसम्म नेपाल प्रहरीका ६, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको ३ र नेपाली सेनाको ३ वटा जाँच पोस्ट पार हुँदै सो परिमाणको सुन राजधानी भित्रिएको थियो। त्यतिबेला रसुवागढी नाकाको नेपाल प्रहरी पोस्टबाहेक अन्य पोस्टमा बा.१७च ६४२७ नं. को सुन बोकेको टाटा स्ट्रोम गाडी दर्ता भएको भेटिएको थिएन।

सम्बन्धित खबर 

साढे ३३ केजी सुन खोज्दै गृहको समिति स् प्रहरीकै उच्च अधिकारी शंका घेरामा रहस्यकै गर्भमा तस्करीको सुन र तस्करका सहयोगी

तर ६ केजी सुन गायब पार्न गगनले दिएको बयान पत्यारिलो थिएन। लुटिएको ६ किलो सुन खोज्न तस्कर समूहले गगनकी प्रेमिका सविना थोकर तामाङमार्फत गगनलाई बोलाएर छुरा हानी हत्या गरेको थियो।

महाशाखाले घटनामा संलग्न लाक्पा ग्याल्जेन, छिरिङ तामाङ, सबिना तामाङ, प्रकाश शाक्य र लाक्पा तामाङलाई काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलायो। तर यस घटनामा हराएको ६ केजीसहित १८ केजी सुन कहाँ पुग्यो अहिलेसम्म रहस्यकै गर्भमा छ।

सम्बन्धित खबर 

साढे ३३ किलो सुन गयाब प्रकरणका अभियुक्तद्वारा हिरासतमै 'आत्महत्या'

पहिलो चरणमा साढे ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्यासँग जोडिएका आरोपीविरुद्ध अदालतमा मुद्दा पेश गरेर दोस्रो चरणमा स्थलमार्गबाट हुने सुन तस्करीतर्फ केन्द्रित हुन लागेको हो। अनुसन्धान रसुवागढी नाका केन्द्रित हुनेछ।

स्थलमार्गको सुन तस्करीका लागि समितिले रसुवागढी नाकालाई पहिलो प्राथमिकतामा राखेको छ। नेपाली सेना, जिल्ला प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहितको उपस्थिति रहेको रसुवा चीनसँगको अन्तर्राष्ट्रिय नाका जोडिएको जिल्ला हो। यो नाका भएर सुन भित्र्याउने गिरोहको अन्त्य नभई सुन तस्करीको अन्तर्राष्ट्रिय जालो भत्काउन नसकिने निष्कर्ष समितिको छ।

सम्बन्धित खबर 

सुन गायब प्रकरण : हिरासतको रहस्यमय मृत्युले अनुसन्धान 'ट्विस्ट' रसुवागढी केन्द्रित हुनेछ स्थलमार्गबाट हुने सुन तस्करी अनुसन्धान

समिति स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको जालो भत्काउन हदैसम्मको कारवाही र अनुसन्धानमा सरकारको साथ रहने प्रतिवद्धता जनाएसँगै समितिले दोस्रो चरणको अनुसन्धान केरुङ केन्द्रित गर्नेछ।

गत चैत २० मा ४५ दिने अनुसन्धान म्यादसहित सहसचिव पौडेलको संयोजकत्वमा समिति गठन भएको थियो। समितिको म्याद थप गर्ने तयारी भइरहेको स्रोतले बतायो।

दोस्रो चरणको अनुसन्धान गगन तामाङ हत्या काण्ड, सुन तस्करीमा संलग्न विदेशी नागरिक तथा उनीहरुको सञ्जाल र सम्पर्क स्रोत केलाउने कार्य हुनेछ। ‘सुरक्षाको जिम्मा पाएकै व्यक्तिसँगै तस्करका उठबसको सूचना आएका छन्, सरकारले दिने म्यान्डेडअनुसार अनुसन्धान अघि बढ्छ’, स्रोतले भन्यो। समितिले राजनीति संरक्षणमा सुन तस्कर जोगिने गरेको एवं सुन तस्करसँग जिल्लास्थित सुरक्षा प्रमुखकै घनिष्ठता रहेको प्राथमिक सूचना संलकन गरेको छ।