सिरहा । प्रहरीको गस्ती टोलीले सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवानन्कारकट्टी गाउँपालिका १ बाट भन्सार छलेर ल्याएको अढाइ लाख मूल्यको कपडासहित चार वटा मोटरसाइकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहान तथा महेशबारीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बिहीबार अपराह्न चेकिङको क्रममा भन्सार छलेर नेपाल भित्र्याएको कपडा र मोटरसाइकल बरामद गरेको लहानका डिएसपी गणेश चन्दले जानकारी दिए । प्रहरी टोली देखेलगत्तै तीन जना मोटरसाइकल छोडेर भागेको र एक जनालाई कपडासहित पक्राउ गरेको डिएसपी चन्दले बताए । प्रहरीले नवराजपुर गाउँपालिका ४ का अन्दाजी वर्ष २५ का रञ्जितकुमार यादवलाई कपडासहित नियन्त्रणमा लिएको जनाएको छ । यादवलाई कपडासहित कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
च्भबम mयचभ बतस् जततउस्ररधधध.तजबजबपजबदबच.अयmरलभधकरघटघद्दद्ध