म्युजिक भिडियो निर्देशक शंकर विसी केही दिनयता विवादमा छन् । उनले एक यूट्यूवरलाई थर्काएको दृष्य सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद भएको हो ।

घटना तीन दिनअघिको हो । भृकुटीमण्डपमा आयोजित राष्ट्रिय लोकदोहोरी प्रतियोगिताको उद्घाटनको दिन थियो । दिउसो १ बजेतिर एक महिला यूट्यूव पत्रकार कलाकारहरुको ड्रेसिङ रुमको ढोका अगाडि एक गायकको अन्तरवार्ता लिइरहेकी थिइन् । क्यामराम्यानले खिचिरहेका थिए ।

त्यति नै बेला सांस्कृतिक कार्यक्रमका संयोजक शंकर विसी ड्रेसिङ रुमबाट बाहिर निस्किए । जानेर वा नजानेर उनी क्यामराम्यान अगाडिबाट हिँड्न पुगे ।

यसरी हिँड्दा क्यामराम्यानले आफूलाई ‘घुरेर हेरेको’ शंकरको आरोप छ । त्यही निहुँमा उनले क्यामराम्यानलाई थर्काए ।

‘ढोकामा बसेर इन्टरभ्यू लिने हो ? उता कुना थिएन ? किन घुरेर हेरेको ? मान्छे हेरेर व्यवहार गर् है, पिटाई राम्रो भेट्लास नी । घुरेर हेर्ने हैसियत छ ?’ यस्ता शब्दहरु उनको मुखबाट निस्किए ।

यूटयूवरले यो दृष्य आफ्नो मोबाइलमा कैद गरिरहेकी हुीन्छन् । तर, शंकरले थाहा पाएपछि क्यामरा बन्द गर्न लगाउँछन् ।

शंकरले थर्काएको भिडियो तुरुन्तै यूट्यूवमा पोष्ट हुन्छ । र, कमेन्टको वर्षा हुन थाल्छ । सामाजिक सञ्जाल तातिन्छ । धेरैले शंकरलाई अनावश्यक आक्रोश देखाएको भनेर आलोचना गर्छन् ।

यो विवादलाई मत्थर पार्न अघि सर्छन्, राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी । उनको पहलमा भोलिपल्ट महेन्द्र पुलिस क्लवमा दुवै पक्षलाई बोलाएर छलफल हुन्छ । छलफलका क्रममा शंकरले आफूबाट गल्ति भएको भन्दै माफी माग्छन् । दुवै पक्ष हात मिलाएर छुट्टन्िछन् ।

तर, यूट्यूवमा सल्केको आगो अझै निभेको छैन । दर्जनौं च्यानलहरुले यो भिडियो पोष्ट गर्न भ्याएका छन् । कमेन्ट आउने क्रम जारी छ ।

यही क्रममा कतिपयले शंकर विसीको जातलाई जोडेर कमेन्ट गरेका छन् । यसले उनलाई असैह्य भएको छ । आफ्नो जातलाई लिएर कमेन्ट नगर्न चेतावनी दिँदै उनले एक यूट्युव च्यानलसितको अन्तरवार्तामा भनेका छन्, ‘मलाई जातीय हिसाबले गाली गर्नुु भनेको ५५ लाख दलितलाई गाली गर्नु हो ।’

आफ्नो जातीय आधारमा गाली गर्नेहरुको स्क्रिन सट राखेको र उनीहरुलाई साइबर क्राइममा मुद्दा हाल्ने चेतावनी पनि उनले दिएका छन् । अन्तरवार्तामै रोएका शंकरले युट्यूवमा आएका गाली पढ्दा आफूलाई आत्महत्या गर्न मन लागेको समेत बताएका छन् ।

‘अहिलेसम्म श्रीमतीबाहेक अरु कसैसित झगडा परेको थिएन’ उनले भनेका छन् ।

बद्री पंगेनी भन्छन्ः दुवैको गल्ति छ

यस प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीसँग हामीले कुरा गर्‍यौं । उनको भनाई यस्तो छस्

शंकर विसी एउटा शान्त स्वभावका कलाकार हुन् । उनी हम्मेसी उत्तेजनामा आउँदैनन् । उनले कसैसँग झगडा गरेको अहिलेसम्म मैले देखेको थिइनँ ।

अस्तिको घटनामा चाहिँ उनले आफ्नो संयम गुमाएको देखिन्छ । त्यसरी पिट्ने धम्की दिनु हुँदैनथ्यो । यो कुरालाई लिएर मैले उनलाई गाली पनि गरेँ । उनले माफी मागेका छन् ।

पत्रकारले पनि त्यसरी ड्रेसिङ रुमको ढोकैमा बसेर इन्टरभ्यू लिनु हुन्थेन । शंकरजस्तो सयौं म्युजिक भिडियो निर्देशन गरेको व्यक्तिलाई क्यामरा अगाडिबाट हिँड्नु हुँदैन भन्ने थाहा थियो होला । उनले थाहा नपाएर हिँडेको हुनुपर्छ ।

अर्को कुरा पत्रकारले तत्कालै भिडियो यूट्यूवमा हाल्नु भयो, जुन भिडियोमा शंकरले गाली गरेको पार्ट मात्रै छ । त्योभन्दा अघि क्यामराम्यानले आफूलाई घुरेर हेरेको र ‘आँखा छैन ?’ भन्दै थर्काएको शंकरको आरोप छ । तर, जे भए पनि उनी जस्तो राष्ट्रिय स्तरको कलाकारले संयमित नै हुनुपथ्र्यो ।

भोलीपल्ट दुवै पक्षलाई राखेर छलफल गरेँ । शंकरले पत्रकारसँग् माफी मागेका छन् । उनीहरुले पनि यूट्यूवमा भिडियो राखेर गल्ति गरेको स्वीकारेका छन् । दुवै पक्षले गल्ति स्वीकारेर सौहार्द वातावरणमा छुट्टएिका हौं । तर, उनीहरुले अहिलेसम्म यूट्यूवबाट भिडियो हटाएका छैनन् । उनीहरुले न्यायको खोजी गरेका हुन् भने पत्रकार महासंघ, प्रेस काउन्सील तिर जानुपथ्र्यो । तर, उनीहरुले भिडियो पोष्ट गरेर भ्यूज बढाउने र पैसा कमाउने नियत राखेको देखिन्छ ।

भिडियो यूट्यूवमा पोष्ट भएपछि नानाथरी कमेन्ट आएका छन् । यसले शंकरलाई ‘हर्ट’ गरेको छ । विशेषगरी जातीयतालाई लिएर आएको गालीले गर्दा उनी बढि दुखित छन् । मैले उनलाई सम्झाइरहेको छु ।