मुम्बई/बलिउड चलचित्रमा भिलेनको अभिनय निर्वाह गर्ने कलाकारका बारेमा हामीले धेरै पटक चर्चा गरेका छौ । अहिले यहाँ भिलेनका रिल नभएर रियल जोडीको चर्चा गर्न खोजिएको छ ।

शक्ति कपुर र शिवाङ्गी कपुर शक्ति कपुले कयौ चलचित्रमा भिलेनको भुमिका निर्बाह गरेका छन् । उनी रियल लाइफमा शिवाङ्गी कपुरका हिरो हुन् । शिवाङ्गीसँग उनले १९८२मा बिबाह गरेका थिए । शिवाङ्गी फिल्मी दुनिया भन्दा सधै टाढा रहने गरेकी छन् । तर फ्यामिली कार्यक्रममा भने दुबैलाई एकसाथ देख्न सकिन्छ ।

रन्जीत र आलोका बेदी बलिउडका खतरनाक भिलेन मध्यका एक हुन् रंजीत । उनले १९८६मा आलोका बेदीसँग बिबाह गरेका हुन् । यी दुबैको अहिले दुई बच्चा समेत रहेको छ । आलोक पनि रंजीतको फिल्मी जिन्दगीबाट टाढा रहन रुचाउछिन् । परेश रावल र स्वरुप सन्पत परेशले बलिउडका कयौ चलचित्रमा सानदार भुमिका निर्बाह गरेका छन् । उनले १९७९ मा मिस इन्डिया समेत रहेकी अभिनेत्री स्वरुपासँग बिबाह भएको थियो । यी दुबैको दुई छोरा रहेका छन् । स्वरुपले केही चलचित्रमा समेत अभिनय गरेकी थिइन् । तर लामो समय देखि उनी पर्दा बाहिर छिन् ।

डेनी डेन्जोगप्पा र गावा डेनीकी श्रीमती हुन् गावा । गावा डेनीको फिल्मी दुनिया भन्दा टाढा रहने गरेकी छन् । गावा सिक्किमकी पुर्व राजकुमारी पनि हुन् । यी दुबैले मागी बिहे गरेका हुन् । बिबाह पहिले यी दुबैले लामो समय डेट गरेका थिए । १९९०मा दुबैको बिबाह भएको थियो । अहिले दुई बच्चा छन् ।

पोनी वर्मा र प्रकाश राज प्रकाश राजकी दोस्री श्रीमती हुन् पोनी वर्मा । २०१०मा बिबाह भएको थियो । उनका पहिलो श्रीमतीको नाम ललिता कुमारी थियो । ललितासँग उनी २००९मा छुट्टिएका थिए । प्रकास र पोनीको प्रेम बिबाह हो । प्रकासले बलिउडका कयौ चलचित्रमा भिलेनको भुमिका निर्बाह गरेका छन् । सोनु सुद र सोनाली सोनु सुद जति ह्याण्डसम छन् । उनका श्रीमती पनि त्यतिकै राम्री छिन् । सोनुले १९९६मा सोनालीसँग बिबाह गरेका थिए । यी दुबैको एक छोरा छ । सोनाली सोनुको फिल्मी दुनिया भन्दा बाहिर रहने गरेकी छन् । सोनुले बलिउडका अलवा साउथ चलचित्रमा पनि भिलेनको भुमिका निर्बाह गरेका छन् ।

रोनित राय र नीलम सिंह रोनित रायकी दोस्रो पत्नी हुन् नीलम । दुबैको बिबाह २००३मा भएको थियो । रोनितको पहिलो पत्नीको तर्फबाट एक छोरी छिन् । जो युएसएमा बसोबास गर्दछिन् । नीलमको तर्फबाट पनि एक छोरा र एक छोरी छन् । रोनित चलचित्रका खतरनाक भिलेन पनि हुन् ।

रेणुका शहाणे र आशुतोष राणा आशुतोस राणाकी श्रीमती हुन् रेणुका । रेणुले केही चलचित्र र टिभी सिरियलमा पनि काम गरेकी छन् । तर उनी अहिले चर्चा भन्दा बाहिर छिन् । यी दुबैको बिबाह २००१मा भएको थियो । अहिले दुबैको दुई छोरा सन्ताको रुपमा रहेका छन् । आलिया र नवाजुद्दीन सिद्दीकी नवाजुद्दीनको आलियाका साथ प्रेम बिबाह हो । आलिया फिल्म भन्दा बाहिर की हुन् । नवाजुद्दीनले कयौ चलचित्रमा काम गरेका छन् ।