मदकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले स्थापना गरेको महसञ्चारले ११ वर्षपछि निर्माण गरेको चलचित्र ‘शत्रुगते’ अहिले फुर्सदिला र ब्यस्तहरुकै रोजाईमा पर्ने गएको छ ।

नेपालभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आएको उक्त नेपाली फिल्मले हलहरु अहिले भरीभराउ छन । नेपाली चलचित्र मध्येका एक उत्कृष्ट चलचित्र शत्रुगते रहेको भन्दै दर्शकहरुले फिल्मका प्रशंसा गरी रहेका छन ।

चलचित्रको गीत ‘रुपै मोहनी’ त अहिले अधिकांसको मुखमा झुण्डीएको छ । चलचित्र शत्रुगतेले पेट मिचुन्जेल हँसाउनेछ । कथावस्तुमा आधारीत भन्दा पनि मानिसहरुलाई पेट मिचिमिचि हराउँने रहेछ इटहरीका पत्रकार विवेक भट्टराई भन्छन् । चलचित्रमा कथा त्यती दमदार छैन तर हलमा रहुञ्जेल नहासी बस्न सकिएन उनले भने । यो चलचित्रले त आफ्नो भएको शत्रुहरु पनि विर्षेने रहेछ है उनले हास्दै भने ।

आईसिनेमा इटहरीका सञ्चालक रेवतीरमण दुलाल भन्छन्् चलचित्र शत्रुगते अहिले हाउसफुल छ । चलचित्र निकै उत्कृष्ट भएको कारण पनि दर्शकहरुले रुचाएका हुन उनले भने । चलचित्र ’शत्रुगते’ ले सामाजिक संजालबाट पनि निकै प्रशंसा बटुलिएरहेको छ । चलचित्र निकै उत्कृष्ट भएको वताउँछन तरहराका भक्तबहादुर पुरी । उनकै शब्दमा भन्ने हो भने नेपालमा बनेको यो फिल्म अहिले सम्मकै उत्कृष्ट हो ।

उनीहरुले मात्र हैन प्रदर्शनरत फिल्म ’शत्रु गते’ लाई दर्शकले पनि रुचाएका छन् । चलचित्र पारीवारीक भएकोे कारण पनि फिल्म हेर्न स–परिवारनै आउनेको भिडभाड हलमा छ भने सबै समुहको दर्शकलाई यसले हलसम्म तान्न सफल भएको छ । फिल्मको कथा वस्तुसंगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । फिल्म हेरिसकेका अधिकाँस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् ।

फिल्मलाई ’जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।