सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

पहिलो पटक भिडमा घेरिदा आँचल

ब्लाष्ट खबर चैत ११, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
पहिलो पटक भिडमा घेरिदा आँचल

कम समयमा दर्शकको माया पाउँन सफल नायिका आँचल शर्मा यतिबेला फुरुङग छिन् । हाल अपार दर्शकहरुको माया पाईरहेको चलचित्र शत्रु गतेमा आफनो अभिनयलाई रुचाएपछि आँचलको खुट्टा भुईमै छैन भन्दा फरक पर्देन । बिषेश गरी नायक पल शाहसंग नाम जोडिएको कारण नै लाईमलाईटमा आएकी आँचललाई पहिलो पटक अभिनय क्षमताको कारण क्लिक भएपछि उनी मिडियाको सामु रोएकी पनि ईिन् ।

‘नाई नभन्नुल ४’ , ‘जोनी जेण्टलम्यान’ , म्युजिक भिडियोमा काम गरेकी आँचलले अभिनयमा भने खासै प्रशंसा पाउँन सकेकी थिईनन् तर शत्रु गतेमाफर्त आँचलले धेरै दर्शकलाई रुवाउँन सफल भईन् । उनी भन्छिन् “मेरो भुमिकाले दर्शकलाई रुवाउँन सक्नु भनेको मेरो सफलता हो”। रिलिजको पहिलो दिन दर्शकले उनको नाम लिईदै चियरअप गरेपछि उनी भावुक पनि बनेकी थिईन् ।

चलचित्र हेर्न आएका दर्शकहरुको भिडमा आँचलको पनि आफनो छुट्टै फ्यानफलोईङ देखियो । दर्शकको भिडले उनलाई पनि घेरेका थिए । सेल्फी खिच्न दर्शकहरुको तछाडमछाड नै देखिएको थियो । निर्माता किरण केसीले भनेका थिए की ‘शत्रु गते’ पछि पल र आँचलको करियरमा अर्काे एउटा अध्याय थपिनेछ जुन केही हदसम्म सत्य हुन लागेको हो की भनेर अनुमान गरिन थालिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार