चर्चित नायक प्रदिप खड्का , जसिता गुरुङ र मल्टिस्टारर चलचित्र ‘लिलिबिली’ को नयाँ पोस्टरहरु आउट गरिएका छन् । मिलन चाम्सले निर्देशन गरेको चलचित्रको सार्वजनिक पोस्टरमा प्रदिप र जसिता मुख्यरुपमा देखिएका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्रको पोस्टरमा प्रदिप र जसिता रामोण्टिक मुडमा देखिएका छन् ।

प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय यो चलचित्र पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र हो । स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको इस्तानबुलमासमेत पहिलो पटक छायांकन भएको ‘लिलिबिली’ ले टे«लर र गीतहरुले चर्चाको राम्रै स्थान पाईरहेको छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलताले एकाएक चर्चामा आएका प्रदिपको स्टारडमलाई धान्ने चलचित्र मानिएको छ ‘लिलिबिली’ । यो चलचित्र हिट भएको खण्डमा प्रदिप सिनेक्षेत्रमा लामो रेसको यात्री हुने पक्का छ ।