मोरङ/ सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार ४० लाख बराबरको भन्सार छलेको कपडा भएको ट्रक नियन्त्रणमा लिएको छ।
मोरङको ग्रामथान गाउँपालिका-७ बस्ने सतेस चौधरीले चलाएको को १ ख ४०१० नम्बरको कुर्तासुरुवाल लोड भएको उक्त ट्रक बेलुका ८ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद सामानसहित ट्रक र चालकलाई आवश्यक कार्बाहीकोलागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।