सशस्त्र प्रहरीको फौजी पोसाकमा उभिएका अनेक फोटो देखिन्छन्, मन्जु बुढाथोकीको फेसबुक पेजमा । एउटा फोटोमुनि एक प्रयोगकर्ताले कमेन्ट लेखेका छन्– सेवा नै धर्म हो, सलाम छ ।
[caption id="attachment_76805" align="aligncenter" width="715"]
महानगरीय प्रहरी वृत्त, बालाजुले आइतबार तारकेश्वर नगरपालिका १० बाट यिनै बुढाथोकीलाई पक्राउ गर्यो । पक्राउपछि पो प्रहरीले थाहा पायो, उनको असली नाम कोपिला बोहोरा रहेछ ।
सिन्धुपाल्चोक बलेफी नगरपालिका ७ लामोसाँघु घर भएकी कोपिला पक्राउको कारण अनौठो छ।
वास्तवमा उनको परिचय पनि झूटो रहेछ। प्रहरीले उनको कोठामा सशस्त्र प्रहरीको पोसाकमा सजिएको फ्लेक्स प्रिन्ट पनि देखेको थियो। आफू सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक रहेको बताउँदै सशस्त्रमा जागिर लगाइदिने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेकी थिइन्।
कोपिलाले आफू भर्खरै रसुवाबाट सरुवा भएर सशस्त्र प्रहरीको प्रधान कार्यालय आएको भन्दै ४ जनाबाट ६ लाख ३० हजार रुपैयाँ ठगेकी थिइन्। सशस्त्र प्रहरीमा जागिर खान प्रतिस्पर्धामा उत्रिएर फेल भएकाहरूसित नाम निकालिदिने भन्दै उनी रकम असुल्थिन् र एकाएक बेपत्ता हुन्थिन्। महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी विश्वराज खडकाका अनुसार कोपिलाले यसअघि पनि यस्तै प्रकृतीको ठगी घटनामा पक्राउ परेर सजाय भोगेकी थिइन्।
कान्तिपुर दैनिक