झापा/ इलाका प्रहरी कार्यालय काकडभिट्टाले शुक्रबार ७३ हजार ५ सय मूल्य बराबरको ४५० किलो अवैध बोइलर कुखुरा तथा मासु बरामद गरी नष्ट गरेको छ।
उक्त कार्यालयबाट खटिएका गस्ती टोलीले शुक्रबार विहान मेचीनगर नगरपालिका ६ नकलबन्दा हुँदै भारतबाट अवैध रुपमा ल्याएको गरेको ८२ वटा जिउँदो कुखुरा तथा ४० वटा तयारी कुखुराको मासु (करिब ४५० किलो) बरामद गरेका थिए ।
बरामद कुखुरा तथा मासु शुक्रबार दिउँसो पशु स्वास्थ्य प्राविधिकको रोहवरमा खाल्डो खनेर गाडिएको उक्त कार्यालयले जनाएको छ।