बर्दिबास/महोत्तरीको सोनमा गांउपालिका–७ सुन्दरपूरमा शुक्रवार राती विवाहको रथको ठक्करबाट ११ वर्षिय बालिकाको मृत्यू भएको छ ।

[caption id="attachment_33203" align="aligncenter" width="450"] फायलफाेटाे[/caption]

मृत्यु हुनेमा सोनमा ७ सुन्दरपूर घर भएकी ११ वर्षिय राधा कुमारी साह रहेकी छिन ।

विवाहका लागि सुन्दरपूरबाट सर्लाही तर्फ जाँदै गरेको भारतीय नम्बरको बिआर -६एल९३८८ को रथले ठक्कर दिंदा घटना स्थलमै राधा कुमारीको मृत्यू भएको हो ।

मृत्तक साहलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल जलेश्वर लाने तयारी भैरहेको छ भने ठक्कर दिने रथलाई गौशला प्रहरीले नियन्त्रणमा लिई थप अनुसान्धान गरीरहेको छ । रथका चालक फरार रहेकाले उनको खोजी भैरहेको बताईएको छ ।