बिर्तामोड / झापाको मेचीनगर नगरपालिकाबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको टोलीले १ ग्राम २ सय मिली ग्राम खैरो हेरोइनसहित कमल गाउँपालिका ६ का संयोग राईलाई पक्राउ गरेको हो।
राईलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले बताएको छ।पछिल्लो समय झापाबाट खैरो हेरोइनसहित पक्राउ पर्ने युवाको संख्यामा वृद्धि भइरहेको छ।
यता इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट करिब दुई लाख ५७ हजार रुपैयाँ बराबरको अवैध समान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
गस्ती टोलीले मेचीनगर नगरपालिका ६ बाट भन्सार छली ल्याउँदै गरेको बोइलर कुखुरा, कस्मेटिक सामान, पंखा, भाडावर्तन, खाधान्नलगायतका सामान बरामद गरिएको हो।बरामद सामानहरुको बिगो मुल्य दुई लाख सन्ताउन्न हजार राखी कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको सो कार्यालयले जनाएको छ।