काठमाडौं/ चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् । थुप्रै चलचित्रमा खलनायकको भूमिकामा देखिएका खड्गी कुनै फिल्म सुटिङका क्रममा प्रहरी हिरासतमा बसेका होइनन् ।
‘रिल’ लाइफमा खलनायकका रुपमा चिनिएका खड्गीमाथि ‘रियल लाइफ’मा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ ।
हिरासतमा रहेका खड्गीमाथि मानव ओसारपसार तथा वेचविखनको गम्भीर अभियोग लागेको छ । यो मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष (जन्मकैद) सम्म जेल सजायँ हुन सक्छ ।
प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका छन् । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीको वयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
तर, कलाकार, खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई उपल्लो तहबाटै बचाउ हुने गरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् । राजेन्द्र खड्कीकै केसमा पनि मकवानपुरका केही ठूला नेताहरु समेत बचाउमा लागिपरेको प्रहरीको गुनासो छ ।
जब कोरियाबाट चिठी आयो…
१० लाखमा दक्षिण कोरिया !
खड्गीको वयानः अरुले पनि यसै गर्थे, मैले पनि गरें
राँगोलाई बक्सिङ हानेर काठमाडौं प्रवेश
भूतपूर्व कलाकार !
राजनीतिक कभर