झापा/ झापाका सशस्त्र प्रहरीले भारतको दिल्लीतर्फ लैजादै गरेका तीन महिलाको उद्धार गरेको छ । महिलाहरूलाई भारत लैजाने एक भारतीय नागरिकलाई पक्राउ समेत गरेको छ ।
उद्धार गरीएका महिलाहरु इलाम फिक्कल ५ की कमला राई, सोही ठाउँकी निछा राई र झापा बाहुनडाँगी ६ की सृजना राईलाई रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिएका छन् । उनीहरूलाई भारत लैजाने भारतका मख्तार आलमलाई पक्राउ गरेको बरुवालले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीले झापा १ स्थित लसुना नाकाबाट भारततर्फ गइरहेका उनीहरूलाई शंका लागेर नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्दा उनीहरू रोजगारीका लागी दिल्लीतर्फ गएको खुलेको छ । सशस्त्र प्रहरीले उद्धार गरिएका तीन महिला र पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाएको छ।