काठमाडौं/ मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा विशालबजार जनसेवा वृत्तमा कार्यरत नायव प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान १/२ बजेतिर मादक पदार्थ सेवन गरी साधा पोशाकमा हतियारसहित दरबारमार्गस्थित 'आई क्लब' मा पसेक श्रेष्ठले क्लब सञ्चालकसँग झगडा गरेका थिए।

उनलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए।