विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिकाबाट मंगलबार साँझ प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागूऔषध लिएर आउँदै गर्दा इटहरी ४ का १९ वर्षीय रमेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुढीगंगा ४ स्थित राउल पेट्रोल पम्प अगाडिबाट ६५ पिस नाईट्रोसनसहित कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी विष्णुहरि कोइरालाले बताए । शंका लागेर शरिर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको कोइरालाले बताए ।