भक्तपुर/ ५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ललितपुर बुङमति घर भई भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने १८ वर्षीय बसन्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले गत पुष ३० गते चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुर नगरपालिका–६ कमलबिनायक बस्ने ५ वर्षीया बालिकालाई डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको अभिभावकले निवेदन दिएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।