जनकपुरधाम/ सेवाग्राही घुस लिएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सुनसरी श्री गाँउपालिका–१ बस्ने स्थायी प्रहरी पोष्ट लक्षमिनिया धनुषामा कार्यरत प्रहरी जवान मनोज कुमारप्रसैलालाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
मदिरा बिक्री वितरण सहज बनाइदिने र इजाजतपत्र बनाइदिने भन्दै प्रसैलाले एक व्यापारीसँग १० हजार रुपैयाँ घुस लिएको अायोगको दाबी छ। जनकपुरको भ्रमरपुरा चोकबाट पक्राउ परेका प्रसैलालाई आयोगको सम्पर्क कार्यालय बर्दिबास लगिएको बताएको छ।
































