इटहरी । बलात्कारको घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरेको विषयलाई लिएर ईलाका प्रहरी कार्यालय ईटहरीका ईन्सपेक्टर चिरञ्जिीवी दाहाल लाई जिम्मेवारीविहिन वनाईएको छ ।

घटनाको विषयमा छानविन गर्न प्रदेश प्रहरी कार्यालयले एसएसपी हरीवहादुर पालको नेतृत्वमा वनाईएको पाँच सदस्यीय समितिले छानविन अवधिभरका लागि दाहाललाई जिम्मेवारी नदिन भनेको ईलाका प्रहरी कार्यालयका एक प्रहरीले वताएका छन् ।

घटना सार्वजनिक भए लगत्तै प्रहरीले फरार अभियुक्तको खोजी थालेको थियो । शनिवार दिउँसो नै प्रहरीले घटनामा संलग्न धरानका जोकम लिम्बुलाई पक्राउ गरेको छ भने अर्का एकलाई पक्राउ गर्न प्रहरी परिचालीत भएको छानविन टोलीका सदस्यले वताएका छन् । कथित प्रेमी र उनका साथीबाट ईटहरीको रोयल रिर्सोटमा बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई प्रहरीले ‘मिलापत्र’ गराएको घटना करिब एक महिनापछि शनिवार सार्वजनिक भएको थियो ।

राजनितिक नेतृत्वको दवाव र स्थानिय नेता विचौलिया वनेर घटनामा पीडकलाई उन्मुक्ति दिईएको विषय प्रहरीको उपल्लो नेतृत्वमा पुगेपछि प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई छानविनको जिम्मा दिएपछि यो विषय सतहमा आएको हो । एसएसपी पालको टोलीले गोप्यरुपमा पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेपछि ईन्सपेक्टर दाहाल र सुनसरीका एसपी विध्यानन्द माझी छानविनमा तानिएका हुन् ।

बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठलाई उन्मुक्ती दिएर पीडित वालिकालाई थप पीडित वनाईएको विषयमा एसपी माझि समेतको सहयोग रहेको प्रहरी स्रोतको भनाई छ । ईटहरीका डिएसपी संजय राउत विदामा रहेको समयमा भएको भनिएको उक्त घटना मिलाउन एसपी माझिको समेत सहयोग रहेको प्रहरी स्रोतले जानकारी गराएको छ । स्रोत भन्छ – जिल्लामा हरेक घटना जाहेर गरिन्छ , जाहेर गर्ने परम्परा रहेपनि यो घटनामा त एसपी सावको चासो थियो । उहाँले नै मिलाउन नभनी ईटहरी प्रहरीले मात्रै त्यो आँट गरेको हैन । स्रोतले एसपी माझि सहित केहि नेताको सकृयता देखेपछि यो घटना प्रहरीको उपल्लो नेतृत्वमा पुर्याएको समेत जिकीर गरेको छ ।

यसैविच महिला संजाल ईटहरीले घटनाको विषयमा छानविन गरी दोषी उपर कारवाहि गर्न माग गरेको छ । संजालले ईलाका प्रहरी कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै दोषी उपर कारवाहिको माग गरेको छ ।

स्राेतः पहिलाेकिताबडटकम