पानवारी / धरान–२० विष्णुपादुकाबाट ५ किलो गाजा सहित दुईवटा मोटरसाइकल पक्राउ परेको छ ।
बिहीबार राती १० बजेको समयमा विष्णुपादुका भन्ज्याङ हुदै धरान आउने बाटोमा मोटरसाइकलमा गाजा बोकेर आउदै गरेको अवस्थामा सादा पोशाकका प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् ।
पक्राउ परेको मोटरसाइकल नं. को ११ प १७१२ र मे ५ प ३१५४ नं. को रहेका छन् । दुइवटा मोटरसाइकलमा ३ जना रहेको र तीनै जना मोटरसाइकल छोडेर भागेको प्रहरी बताएको छ । रातको समयमा भएकोले उनीहरुलाई पक्राउ गर्न तथा पहिचान गर्न नसकेको प्रहरीको भनाइ रहेको छ । मे ५ प ३१५४ नं. को मोटरसाइकल दमक–१३ का सुरज श्रेष्ठको नाममा रहेको प्रहरीले पत्ता लगाएको छ भने अर्काे मोटरसाइल कसको हो भनेर आइतबार कोशी अञ्चल यातायात कार्यालयले जानकारी आउने डिएसपी पौडेलले बताए ।
दमकका सुरज श्रेष्ठको खोजी गर्न दमक प्रहरीलाई पत्र पठाइसकिएको र अर्काे पनि यातायात कार्यालयबाट जानकारी आउन साथ फरार अपराधीको खोजी गरिने प्रहरीको भनाइ रहेको छ ।