गत सालको डिफेन्डिङ च्याम्पियन डिपो उच्च माविले हिसान बास्केटवल च्याम्पियनसिप २०७४ मा पनि विजेता ट्रफि उचाल्दै उपाधि माथि ह्याट्रिक गरेको छ । डिपोले फाइनल खेलमा अल्पाइन एम्स एकेडेमिलाई हराउदै उपाधि माथि कव्जा जमाएको हो । विजेता डिपो तथा उपविजेता एम्सका खेलाडिहरुले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
अत्यन्त्य प्रतिश्पर्धात्मक भएको फाइनल खेलमा डिपोले एम्सलाई ३४–३२ अंकको झिनो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । डिपो र एम्सले प्रत्येक क्वाटरमा ८–९, १०–७, ६–१० र १०–६ अन्तरले अंक जोडेका थिए । डिपोलाई उपाधि दिलाउन टिम क्यप्टेन समेत रहेका प्रदिप गुरुङले व्याक्तिगत १४ अंक जोडेका थिए । उपविजेता एम्सका सुसन श्रेष्ठले व्याक्तिगन १० अंक जोडेका थिए । फाइनलको खेलको म्यान अफ द म्याच डिपोका कविन मगर र प्रतियोगिताका मोस्ट भ्यालुएवल खेलाडि डिपो कै प्रदिप गुरुङ घोषित भए । उनिहरुले मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
माघ १५ गते देखि सुरु भएको हिसान स्पोर्टस मिट २०७४ अन्तर्गत हिसान बास्केटवल प्रतियोगितामा सुनसरी भरिका ११ वटा विद्यालयले प्रतिश्पर्धा जनाएको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष प्रतियोगिता संयोजक तथा डिपो क्याम्पसका प्रमुख राजकुमार राई, प्रमुख अतिथी नेपाल बास्केटवल संघ, केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, विशेष अतिथी जिल्ला बास्केटवल संघ सुनसरी अध्यक्ष नारायण सुवेदि, हिसान अध्यक्ष मुकुन्द घिमिरे लगायतले वितरण गरका थिए ।
डिपो अदर्श वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा संपन्न प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटवल संघको रहेको जिल्ला बास्केटवल संघ, सुनसरी सचिव विकास चाम्लिङ राईले जनाए ।
































