[caption id="attachment_40396" align="alignleft" width="332"] फायलफाेटाे[/caption]

पाँचथर/ फिदिम नगरपालिका–५, चोकमागुकी २६ वर्षिया ‘सुस्मिता’ भनिने कमला तुम्बापो छ लाख रुपैंयाँ लिएर बेपत्ता भएपछि उनका श्रीमान कुबेर तुम्बापो बिचल्लीमा परेका छन् ।

वैदेशिक रोजगारीको शिलशिलामा केही वर्ष मलेशिया बसेर स्वदेश फर्कि मजदुरीको लागि आफू पोखरा रहेको बेला चार दिन अघि श्रीमति बेपत्ता भएको श्रीमान कुबेरले बताए । उनी फिदिम–२, स्थित साम्दिन घुम्ति बजार जान्छु भनेर घरबाट निस्केको तर फर्केर नआएको पारिवारले बताएका छन् । उनीहरुको एक छोरा र एक छोरी रहेका छन् । अहिलेसम्म कमाएको सबै पैशा लिएर श्रीमति सम्पर्क बीहिन भएपछि कुबेरलाई तनाब भएको छ । उनले बेपत्ता श्रीमतिको खोजि गरिदिन जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका छन् ।