काठमाडौं/ धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ‘वनले आइज’ भन्ने उमेरका एकजना ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् ।

बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका छन् । आफ्ना परिवारजनसँग पनि ती वृद्ध सम्पर्कमा नरहेको इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले बताए ।

तिमिल्सिनाले बलात्कारी वृद्धको खोजी भइरहेको बताए । ‘प्रतिवादी फरार छन्, हामीले अनुसन्धानपछि मुद्दा चलाइसकेका छौं’, तिमिल्सिनाले भने, ‘उनी जान सक्ने हरेक ठाउँहरुमा खोजी गरिसकेका छौं । उनी हाफपाइन्ट र सर्टमात्रै लाएर मोबाइलसमेत नलिई बेपत्ता भएकाले भेट्न गाह्रो भइरहेको छ ।’