गुल्मी/ एक युवकले गर्भ बसेपछि प्रेमिकाको हत्या गरेको खुलेका छन् । कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा जैनिनी९२, धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटिएको थियो ।
[caption id="attachment_48369" align="aligncenter" width="768"]
फायल फाेटाे[/caption]
हत्या आरोपमा २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्रेको छ । अनुसन्धानका क्रममा प्रदीपले प्रेमिका कमलाको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । ‘मृतक कमला र प्रदीपबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । विस्तारै सम्बन्ध बढ्दै गर्दा उनीहरुबीच शारीरिक सम्पर्कसमेत भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भने, ‘गर्भ बसेपछि युवतीले विवाह गरौं भनेर पटकपटक कर गर्दा घटना भएको देखिन्छ ।’
बयानमा समेत पराजुलीले उक्त कुरा स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
































