धनकुटा/ नेपाल तामाङ घेदुङ चौबिसे गाउँपालिकाको प्रथम गाउँ अधिवेशन मंगलवार चौविसेको मौनावुधुक वजारमा सम्पन्न भएको छ । प्रथम गाउँपालिका अधिवेशनको प्रमुख अतिथि चौबिसे गाउँपालिकाको प्रमुख खजिन्द्र राई र विशेष अतिथि जिल्ला घेदुङका अध्यक्ष सिताराम तामाङले नाङ्गसाल (पानस) मा संयुक्त रुपमा वत्ति वालेर समुद्धघाटन गरेका थिए ।

[caption id="attachment_71568" align="aligncenter" width="829"] अधिवेशन सम्पन्न भए पछि सामुहिक तस्विर लिर्दै घेदुङका पदाधिकारीहरु ।[/caption]

सो अवसरमा कार्यक्रम समुद्धघाटन समारोहका प्रमुख अतिथि खजिन्द्र राईले चौविसे गाउँपालिकाका विभिन्न वडामा वसोवास गर्ने सम्पुर्ण तामाङ समुदायको भाषिक, साँस्कृतिक एवं धार्मिक उन्नती र प्रगतीको लागी गाउँपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले तामाङ गाउँवस्तीहरुमा वसोवास गर्ने युवाहरुलाई विदेश नगई आफ्नो गाउँको विकास गर्छु भनेर लाग्न अनुरोध गर्दै युवाहरुको व्यावसायिक कृषि कार्यक्रममा लाग्न गाउँपालिकाले अनुरोध गर्ने वताए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला घेदुङ धनकुटाका अध्यक्ष सिताराम तामाङले तामाङ गाउँ वस्तीहरुमा तामाङ, भाषा, संस्कार, संस्कृति हराउँदै गएकाले घेदुङको संगठन गाउँगाउँमा गठन गर्न आवश्याक्ता खट्किएको वताए । उनले पछिल्लो समयमा युवा पुस्ताहरुमा भाषा, संस्कार, संस्कृति हराउँदै गएकाले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार संस्कृति स्थापित गर्न जिल्ला घेदुङले धनकुटा जिल्लाको स्थानिय तहमा संगठन विस्तारको अभियानलाई तिब्रता दिएको वताएका छन् । उनले नयाँ संरचना अनुसार आगामी चैत्र महिना भित्रमा गाउँपालिका र नगरपालिका स्तरको संगठन विस्तार गरि सकेर जिल्ला अधिवेशन सम्पन्न गर्ने पनि जानकारी दिएका छन् ।

चौविसे गाउँपालिका वडा नं.५ का नेपाल तामाङ घेदुङका वडाध्यक्ष एवं वयोवृद्ध तामाङ समुदायका अगुवा पदमवहादुर जिम्वा तामाङको अध्यक्षतामा सम्पन्न प्रथम गाउँपालिका अधिवेशन उद्धघाटन सत्रमा चौविसे गाउँपालिका वडा नं.४ का वडाध्यक्ष जीवन मोक्तान तामाङ, वडा नं.७ का दुर्गा सुवेदी, वडा नं.५ का वडाध्यक्ष पदम देवान, वडा सदस्य वुद्धराज याखा,समाजसेवी खड्वहादुर गिरी, वुधुक क्याम्पसका प्रमुख टिका कुमार कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रमको संचालन चौविसे गाउँपालिका वडा नं.४ का घेदुङका सल्लाहकार गोकुल योञ्जनले गरेका थिए भने स्वागत मन्तव्य वडा नं.४ कुरुलेतेनुपाका घान्वा राजवहादुर मोक्तानले राखेका थिए ।

अध्यक्षमा गोकुल सो प्रथम अधिवेशनले चौबिसे गाउँपालिकाको तामाङ घेदुङको अध्यक्षमा गोकुल योञ्जन तामाङ, उपाध्यक्षमा राजवहादुर मोक्तान तामाङ, सचिवमा सन्तवहादुर जिम्वा तामाङ, कोषाध्यक्ष कमला योञ्जन तामाङ, सह–सचिवमा दिर्घमान ङार्वा तामाङ रहेका छन् । त्यसैगरी ११ सदस्यीय गाउँपालिका कार्य समितिको सदस्यहरुमा शान्ता तामाङ, विजयकुमार सिंङ्गदान, पदम योञ्जन, अस्मिता तामाङ, मेखवहादुर जिम्वा, टंक थिङ तामाङलाई सर्वसम्वत रुपमा चयन गरिएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई जिल्ला घेदुङ धनकुटाका अध्यक्ष सिताराम थिङ तामाङले घेदुङको विधान अनुसार सफत ग्रहण गराएका थिए ।